झापाको मेचीनगरमा लागूऔषधसहित तीनजना कारोबारी पक्राउ परेका छन् । आज बिहान १०.३० बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा न.७ ग्रामथान मन्दिरबाट तीनजना कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेचीनगर वडा नं ७ करुणा बस्ती बस्ने ४४ वर्षीय नारायण किसान, सोही ठाउँका ३३ वर्षीय संजित राजबंशी र ३१ वर्षीय प्रबिण उराव रहेका छन् ।
उनीहरुको साथबाट प्लास्टिकसहित १० ग्राम ९०० मिलिग्राम र प्लास्टिकबाहेक १० ग्राम १३० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरुलाई आबश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।