मुख्य समाचार
झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र |

विराटनगरमा मेयरका कारण ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

देश प्रदेश डेस्क 5359+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

झापा / विराटनगर महानगरपालिका मेयर नागेस काेईरालाका कारण  ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएकाे छ ।

मेयर कोइरालाले आफूसँग सल्लाह नगरेर प्रमुख प्रशासकीय पठाएको भन्दै असन्तुष्टि जनाउदै हाजिर हुन नदिएपछि विराटनगर महानगरपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । कार्यालय कायम मुकायम प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ ।

विराटनगर महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले फागुनमा अवकाश पाएपछि रिक्त रहेको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव रामचरित्र मेहतालाई पठाएको थियो । सहसचिवलाई राकेर महानगरले उपसचिव रामप्रसाद ढुंगेललाई कामु प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । पराजुलीको अवकासपछि ढुंगेलले कामु जिम्मेवारी पाएका थिए ।

विराटनगर सरुवा भए पनि आउन नपाएका रामचरित्र मेहता युवा तथा खेलकुद मन्त्रालयमा छन् । जनप्रतिनिधिले अस्वीकार गरेपछि उनी नआउने भएका छन् । ‘म मन्त्रालयमै छु, बाहिर गएको छैन,’ सहसचिव मेहताले भने,‘ अब विराटनगर गइदैन होला ।’

मेहता यसअघि इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । इटहरीमा रहदा उनी विवादमा तानिएका थिए । कर्मचारी सरुवाको विषयमा वडा कार्यालयको सर्भर डाउन गरेपछि उनी विवादमा तानिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवा राकेर मेयर कोइराला भने इजरायल पुगेका छन् । कोइराला सोमबार इजरायल पुगेका हुन् । उनी असार ६ गते फर्कने कार्यसूची रहेको कोइरालाका प्रेस सल्लाहकार मिनकुमार श्रेष्ठले जानकारी दिए ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले प्रमुख प्रशासकीय अधिकृत नभएपनि काम गर्न गाह्रो नभएको बताइन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने विषयमा टुंगो नभएको उनले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार