मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

खाेलाकाे पर्खाइमा कल्भर्ट

देश प्रदेश डेस्क 5351+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

झापा / माेरङकाे कानेपाेखरी ६ सिताधापमा रहेकाे सिता खाेला छेउमा बनेकाे कल्भर्ट यतिखेर खाेलाकाे पर्खाइमा बसेकाे छ । 

पालिकाले पूर्वाधार विकास शीर्षकबाट २१ लाख १० हजार २२३ रुपैयाँ ठेक्कामा बनाएको सीताखोलाको कल्भर्टमुनि खोला छैन, झट्ट हेर्दा लाग्छ कल्भर्ट बनिसकेर बसेकाे छ । अब खाेला कहिले आउँछ भनेर उ कुरेर बसेकाे छ ।

विकास निर्माणमा हुने बेथितिको हद वेलावेला सार्वजनिक हुनु नेपालमा नौलो  कुरा  होइन । यस्तै बेथिति मोरङको कानेपोखरी–६ सीताधापको सीता खोलामा कल्भर्ट निर्माणमा पनि देखिएको छ ।

कानेपोखरी गाउँपालिकाको कार्यालय तथा वडा कार्यालय आवतजावत गर्न सीताधापका बासिन्दालाई सहज होस् भनी बनाइएको पुल मानिस आवतजावत गर्न होइन, जिस्क्याउन बनाएजस्तै छ । बनाएको संरचना हेर्दा मसानघाटजस्तो देखिएकाे छ ।

‘पुल त बनाइस् भन्दा बनाएँ भनेजस्तै मात्रै भयो,’ स्थानीय शान्ता मगरले भनिन्, ‘मैले धेरैपटक पालिकामा र वडाध्यक्षलाई भने, उहाँहरूले काम हुन्छ नआत्तिनु भन्नुभएको छ ।

स्थानीयले माग गरेपछि आर्थिक वर्ष २०८०/८१ मा पालिकाले यसका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । मोरङ रंगेलीको आकृति कन्स्ट्रक्सनले यस पुलका लागि २१ लाख १० हजार २२३ रुपैयाँमा ठेक्का सखारेको थियो । उसले २०८० चैतमा निर्माण सुरु गरेको थियो । कम्पनीले १९ लाख ६० हजार ३ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर स्थलगत अवस्था हेर्दा खोलाको पुल निर्माणको काम २५ प्रतिशत पनि भएको छैन ।

स्थानीय पदमकुमारी विश्वकर्माको दैनिकी त्यही खोला तरेर जङ्गलमा घाँस दाउरा गर्नु हो । तर, कहिल्यै उनी पुल प्रयोग गर्दिनन् । किनकि पुल भएर वारपार गर्ने अवस्था नै छैन । ‘खोलामा बाढी आउँदा यहाँबाट कसरी हिँड्नु ? वैशाखको अन्त्यमै मनग्गे पानी बगिरहेको खोला वर्षामा बाढी आउँदा तर्नै नसक्ने हुन्छ,’ विश्वकर्माले भनिन्, ‘पुल बनाउन बजेट कति के थियो हामी जान्दैनौँ । तर यो पुलबाट हामी हिँडेका छैनौँ, हिँड्न सक्ने अवस्था पनि छैन ।’

पुल नहुँदा सीताधापका लगभग ३० घर वर्षायाममा पालिकाको सेवाबाट वञ्चितजस्तै हुन्छन् । सरकारी कामका लागि उनीहरू त्यही खोला तरेर कानेपोखरी वडा नम्बर ६ को कार्यालयसम्म पुग्नुपर्छ । ‘यो ठाउँ नै अन्यायमा परेको छ,’ मगर भन्छिन् । 

कानेपोखरी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादव आफू अनुगमनमा जाँदा छक्क परेको बताउँछिन् । ‘म अनुगमनमा गएको थिएँ, त्यो काम देखेर छक्क परें,’ उनले भनिन्, ‘यसलाई थप रकम विनियोजन गरेर काम गर्नुपर्ने देखिएपछि चालु आर्थिक वर्षमा पनि बजेट राखेका छौँ । अब थप टेन्डर आह्वान हुन्छ ।’ उनले कल्भर्टको दुवै साइडमा तारजाली लगाउने, होमपाइप राख्ने र माटो पुर्ने काम बाँकी भएको बताइन् । जसका लागि थप ३३ लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ । 

चालु आर्थिक वर्षमा यसका लागि थप २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । प्राविधिक हिसाबले अब सीधाप खोलाको कल्भर्ट निर्माणमा कुल ५३ लाख रुपैयाँभन्दा बढी खर्च हुनेछ । यति ठुलो लगानी गरेर पनि त्यो पुल निर्माण सम्पन्न हुनेमा भने स्थानीय आशङ्का गर्छन् ।

समाचार स्राेत राताेपाटी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार