मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

मेघराज राउतको आत्महत्या प्रकरणमा सोही कार्यालयका कर्मचारीविरुद्ध मुद्दा दर्ता

देश प्रदेश डेस्क 5479+ समाचार ( )
७ अशोज २०८०, आइतबार

झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एक जना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । 

मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा कार्यरत महिला कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले मुद्दा दर्ता गराइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए  । उनलाई घटना भएकै राति प्रहरीले पक्राउ गरेको थियो । आत्महत्या दुरुत्साहन अभियोग प्रमाणित भए अदालतले पाँच वर्ष सम्मको सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ । 'पक्राउ परेका महिलामाथि मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेका छौँ,' डीएसपी रिजालले भने, 'अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा फाइल पेस गर्छ ।' 

मृतक राउतको परिवारले महिला कर्मचारीविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । बिहीबार अपराह्न दमक- ५ स्थित अन्नपूर्ण होटलको तेस्रो तलाको एक कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका राउतले छोडेको सुसाइड नोटका आधारमा परिवारले शुक्रबार बिहान प्रहरीमा किटानी जाहेरी दिएका थिए । 

सुसाइड नोटमा ती महिलाले आफूलाई ट्र्यापमा पारेको मृतक राउतले लेखेका छन् । ती कर्मचारीले आफूबाट निकै फाइदा लिएको , स्कुटर , सुन , कपडालगायतका सामान किन्न लगाएको, धेरै रकम पनि लगेको राउतले सुसाइड नोटमा उल्लेख गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले सो घटनामा मृतक परिवारका तर्फबाट परेको किटानी जाहेरी परेको जनाउँदै आत्महत्या दुरुत्साहनको आरोपमा ती महिलामाथि थप अनुसन्धान अघि बढाइने जानकारी दिए ।

३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्क बाहिर थिए । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेसन ट्र्याक गर्दै दमक- ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्य भागमा रहेको अन्नपूर्ण होटल एन्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार