मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

झापाकी किशोरीको उद्दार, दुईजना पक्राउ

देश प्रदेश डेस्क 5469+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

झापा / झापाको शिवसताक्षी नगरपालिकाकी एक १७ वर्षीया किशोरीको उद्दार गरेर घर फर्काइएको छ ।

शिवसताक्षी–२ की किशोरीलाई कामको प्रलोभन देखाएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोशी–८ भण्टाबारीको सीमा नाकाबाट उद्दार गरिएको हो ।

उनलाई भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरी सुनसरी प्रहरीले शंका लागेर सोधपुछ गरेका थिए । उनलाई लाने भारत बिहार राज्यको सुपौल जिल्लाको वीरपुरका २८ वर्षीया नयनकुमार यादव र उदयपुर ठोक्सिला–९ बस्ने २४ वर्षीय उज्ज्वल खड्कालाई पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरीले युवतीको उद्दार र बेचबिखन गर्न लाँदै गरेका यादव र खड्कालाई नेपाल प्रहरीको जिम्मा लगाएको भण्टाबारीको सीमा नाकामा अवस्थित सूचना केन्द्रका कर्मचारी प्रल्हाद आलमले जानकारी दिए ।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको बताए । पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार