मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापाका एकजनासहित१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

देश प्रदेश डेस्क 5474+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा । झापाका एकजनासहित१२ सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् ।

उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ ।

कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।

सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन् ।

यस्तै, जवानहरूमा झापाका  प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।

 कार्यालयको सम्पर्कमा नआएका १२ जनालाई नै सात दिनभित्र गैरहाजिर हुनुको मनासिव कारणसहित सम्पर्कमा आउन सूचना जारी भएको छ । सम्पर्कमा नआए कारबाही प्रक्रिया बढाउने सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार