मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

कार्की मृत्यु प्रकरण : शव बुझ्न इन्कार, न्यायको सुनिश्चितता गर्न माग

देश प्रदेश डेस्क 5469+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

झापा झापा, कमल –६ का ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् । उनीहरुले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् ।
मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले  दमकमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका बिषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभुति हुन नसकेको तथ्य आफूहरुसँग रहेको बताए । घटनापछि उनका ससुरा, पत्नी र वडाध्यक्ष भटट्राई फरार हुनु शंकास्पद रहेको परिवारको बुझाई छ ।
उनीहरुले कार्कीमाथि उनकी पत्नी चाहना, ससुरा पुण्यप्रसाद पोखरेल र वडाध्यक्ष नरेन्द्र भटट्राईले समेत कुटपिट गरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको पनि दावी गरे । वडाअध्यक्ष भटटराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाअध्यक्षको नाम हटाएर दुई जना विरुद्ध मात्र प्रहरीले कानुनी प्रकृया शुरु गरेको जानकारी आफूहरुले पाएको बताउँदै मृत्यु प्रकरणका दोषीहरुलाई उन्मुक्ति दिलाउने षडयन्त्र भइरहेको उनीहरुको आरोप छ ।
कार्की आइतबार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए ।पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । कार्कीको मृत्यु भए लगत्तै श्रीमतीसहित ससुरा भने फरार भएका थिए ।
दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । दशै विदामा घरआएका कार्कीमाथि श्रीमती,वडाअध्यक्ष भटटराईसहितले कुटपिट गरेको भन्दै दशैं टिका अर्थात ७ कार्तिकमा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए । सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयी मृत्युभएको हो । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दैआएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताईएको छ । प्रहरीको नियन्त्रणमा रहेका कार्कीका श्रीमतीसहित ससुरा विरुद्ध इलाका प्रहरी कार्यालय दमकले आत्महत्या दुरुत्साहन मुद्धा चलाएको छ । प्रहरीले भने वडाअध्यक्षलाई घटनामा उन्मुक्ति दिन जाहेरीनै फरक बनाएर मुद्धा चलाएको कार्की परिवारको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै