मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |
मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |


मंगलबार सभामुख चयन गर्ने सत्तापक्षको तयारी

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२३ पौष २०८०, सोमबार

झापा कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया टुङ्ग्याउने दलहरूले तयारी गरेका छन् । यद्यपि प्रमुख प्रतिपक्षी दल एमालेले भने अझै उक्त प्रक्रियालाई टार्ने सङ्केत गरेको छ । 

सत्ता गठबन्धनका एक नेताले दिएको जानकारी अनुसार मंगलबार दिनभर लगाएर भए पनि सभामुख चयन प्रक्रिया टुङ्ग्याउन लागिएको हो । यस विषयमा यसअघि एमालेको पनि सहमति थियो । सत्ता गठबन्धन काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा यसअघि नै राप्रपालाई सभामुख दिन तयार भएका छन् ।  राप्रपाले सभामुख लिने विषयमा पनि निर्णय भइसकेको छ । यद्यपि सभामुख चयनको प्रक्रिया भने कहिले सुरु गर्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन । ‘भोलि (मंगलबार) नै प्रदेशसभाले सभामुख पाउँछ,’ गठबन्धन दलका एक नेताले भने, ‘रातिसम्म लगाएर भए पनि भोलि नै निर्वाचन प्रक्रिया घोषणा हुन्छ र भोली नै सक्ने गरी कार्यक्रम तालिका आउँछ ।’यता, नेकपा एमालेले भने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि आचारसंहिता लाग्ने भएकोले भोलि नै टुङ्गो लाग्ने कुरामा शङ्का रहेको बताएको छ । एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले आचारसंहिता लाग्ने या नलाग्ने भन्ने विषयमा निष्कर्षमा नपुगी सभामुख चयन नहुने बताए । ‘भोली नै  कसरी सभामुख चयन हुन्छ ? निर्वाचन आचारसंहिता लाग्दैन ?,’ उनले भने, ‘लाग्दैन भन्ने कुरामा दलहरूले निष्कर्ष निकाल्ने अवस्था नबनेसम्म कसरी टुङ्गो लाग्छ । सभामुख चयन प्रक्रियाको मिति भने तोक्न सकिन्छ होला कि ।’

एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले पनि निर्वाचन आयोगसँग परामर्श लिएर मात्रै सभामुख चयन प्रक्रिया अगाडि बढ्ने बताए । ‘निर्वाचन आचारसंहिता लाग्छ कि लाग्दैन ? यस विषयमा निर्वाचन आयोग के भन्छ ? लिखित वा मौखिक सहमति नलिई अगाडि बढ्न सकिँदैन,’ भण्डारीले भने, ‘निर्वाचन आयोगले सहमति दिएको खण्डमा भने हामीले प्रक्रिया लम्ब्याउन चाहेका छैनौँ ।’

उता, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता भए पनि निर्वाचन आचारसंहिता लागू भई नसकेको बताए । ‘निर्वाचन आचारसंहिता लागेकै छैन,’ पौडेलले भने, ‘आयोगको बैठक बसेर आचारसंहिताको विषयमा निर्णय गर्छ । यद्यपि राष्ट्रियसभा निर्वाचनमा आचारसंहिताको उल्लङ्घन हुने परिस्थिति धेरै नदेखिने हुँदा तत्कालै लागू गरिहाल्नु पर्ने परिस्थिति छैन ।’ उनले कोशी प्रदेशको सभामुख चयन गर्ने विषय आचारसंहिताले अहिलेको लागि नरोक्ने पनि बताए ।

उता, सभामुख चयन हुने परिस्थितिमा राप्रपाले आफ्ना सांसद अम्बरबहादुर विष्टको नाममा सहमति जनाइसकेको छ । उनको नाममा सत्तारुढ दलहरू पनि सहमत छन् । एमालेले कुनै अवरोध नगरेको खण्डमा मंगलबार नै उनै विष्ट सभामुख हुने राप्रपाका एक सांसद बताउँछन् । ‘आन्तरिक तयारी भएकै छ । अहिले नै सबै कुरा खोल्न सकिँदैन । परिस्थिति दायाँबायाँ पनि हुनसक्छ,’ उनले भने, ‘आन्तरिक तयारी भने भएको छ ।’ दलहरूबिच यसअघि पुसको दोस्रो हप्ताभित्रमा सभामुख चयन प्रक्रिया सुरु गर्ने मौखिक सहमति बनेको थियो । तर, अझै पनि सभामुख चयन प्रक्रिया भने सुरु भएको छैन । 

प्रदेशसभा गत साउन १६ गतेदेखि सभामुखविहीन छ । २०७९ पुस २८ गते निर्विरोध निर्वाचित सभामुख बाबुराम गौतमले गठबन्धन दलका शीर्ष नेताको आग्रहमा राजीनामा दिएका थिए । उनलाई गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई बहुमत पुर्‍याउन राजीनामा दिन बाध्य पारिएको थियो । त्यसयता कोशी प्रदेशसभामा सभामुखको निर्वाचन प्रक्रिया सुरु भएको छैन । 

संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखको चयन प्रक्रियाबारे उल्लेख छ । सोही धाराको उपधारा (१) मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ । यस्तै उपधारा (३) मा प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद रिक्त भएमा प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा प्रदेश उपसभामुखको पद पूर्ति गर्ने उल्लेख छ । सत्तारुढ गठबन्धन दलले भने यसअघि नै सभामुख राप्रपालाई दिने निर्णय गरिसकेको छ । कोशी प्रदेशसभामा एमालेको (उपसभामुखसहित) ४०, काँग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

सभामुख चयन प्रक्रिया सकेर मात्रै संसदीय समितिको सभापति चयन हुने र प्रदेश सरकारमा मन्त्रीहरू थप गर्ने मुख्यमन्त्री केदार कार्कीको चाहना छ । तर, मुख्यमन्त्री कार्कीको एमालेसँग मनमुटाब बढ्दै गएको कारण सभामुख चयनको प्रक्रिया नै पछि धकेलिइरहेको छ भने अहिले पनि प्रदेशका ५ मन्त्रालय मन्त्रीविहीन छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार