मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

सघन सहरी तथा भवन आयोजना ,७५ करोड बजेट फिर्ता

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

 जुम्लास्थित सघन सहरी तथा भवन आयोजना कार्यालयमा गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल पुँजीगत बजेटमध्ये रु ७५ करोड दुई लाख ६९ हजार बजेट फिर्ता गएको छ ।  

सङ्घीय सरकारले जिल्लाको विकासका लागि सबैभन्दा बढी रकम यसै कार्यालयका लागि विनियोजन गरेको थियो । पुँजीगततर्फको बजेट रु एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मीनबहादुर घर्तिमगरले जानकारी दिए । 

यस कार्यालयको चालुतर्फ रु एक करोड ६८ लाख १२ हजार विनियोजन बजेटमध्ये रु एक करोड १३ लाख ८७ हजार अर्थात् ६७ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको छ । चालु र पुँजीगत गरी जम्मा बजेट रु एक अर्ब ६५ करोड ४० लाख ७६ हजार विनियोजनमध्ये पुँजीगततर्फ खर्च हुन नसक्दा रु ७५ करोड दुई लाख ६९ हजार ‘फ्रिज’ गएको हो । 

७६ वटा ठेक्काबाट सञ्चालन हुने सबै योजनाको काम सम्पन्न नहुँदा बजेट फिर्ता गएको कार्यालयले जनाएको छ ।  ती योजनालाई बहुवर्षीय बजेट सुनिश्चिततामा ढिलाइ हुँदा बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाका सूचना अधिकारी चन्द्र थापाले जानकारी दिए । उपभोक्ता समितिबाट निर्माण हुने करिब ३० वटा योजनाको रकमसमेत फ्रिज गएको छ । 

सबैभन्दा बढी डोल्पा र जुम्लाका योजनाका लागि आएको बजेट फिर्ता गएको छ । साविकको माथिल्लो कर्णालीका जुम्लालगायत कालीकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्लाको बजेट सदुपयोग नहुँदा करोडौँ बजेट फिर्ता गएको सघन सहरी तथा भवन आयोजनाले जनाएको छ । 

यसैगरी, सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ रु ७१ करोड ५५ लाखमध्ये रु ५६ करोड ३२ लाख १२ हजार अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । रु १५ करोड ४२ लाख ६३ हजार फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार