मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

दमकका निरौलाको हत्यामा संलग्न व्यक्तिहरु अझै फेला परेनन्

देश प्रदेश डेस्क 5218+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

झापा दमक–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्न व्यक्तिहरु फेला पर्न सकेका छैनन् ।

हिजो दिउँसो अन्दाजी ४ बजे दमक– ३ दमक मधुमल्ला सडकखण्डको मावा खोलाको पुलमा दमक –९ बस्ने अन्दाजी ३२ वर्षका देशु भनिने यामु निरौलाको हत्या भएको हो । निरौलालाई भुइँमा लडिरहेको देखेर स्थानीयले उपचारको लागि आम्दा अस्पताल खरखरेमा ल्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई तत्काल नाम ,थर, वतन नखुलेका २–३ जना व्यक्तिले लाती तथा मुड्की प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको दमक प्रहरीले जनाएको छ । तर , अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको डीएसपी निशान थापाले बताए । उनले कुटपिट गर्नेहरु फरार भएकाले खोजतलास तथा अनुसन्धान भइरहेको जानकारी दिए । निरौलाको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।

क्रसर संचालन रहेको मावा खोलाको बगरको ऐलानी जग्गाको विषयमा विवाद भएको हुनसक्ने आशंका गरिएको छ । दुई पक्षबीच विवाद भएको आशंका गरिएपनि विवादको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । घटनामा संलग्नहरुको खोजी तीब्र बनाइएकाले चाँडै पक्राउ पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार