मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापा उद्योग संघको साधारण सभा सम्पन्न

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२१ आषाढ २०८३, आइतबार

झापा झापा उद्योग संघको २७ औँ साधारण सभा तथा निर्वाचन अधिवेशन भद्रपुरमा सम्पन्न भएको छ । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै उद्योग र व्यवसाय क्षेत्रमा विशेष योगदान पुर्याउने उद्यमी, पत्रकार र कर्मचारीहरूलाई नगदसहित सम्मान गरेको छ ।
संघका अध्यक्ष यामबहादुर श्रेष्ठको अध्यक्षता एवम सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा आइतबार संघको भवनमा सम्पन्न भएको हो । संघका अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदीप कुमार सरावगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुलीलाइ सम्मान गरिएको थियो । संघले  उत्कृष्ट निर्यात प्रतिष्ठान प्लाइउड ,अलैँची र चिया निर्यातकर्तालाइ समेत सम्मान गरेको थियो । त्यसैगरी उत्कृष्ट सदस्य सम्मानबाट उद्योगीहरू सत्यनारायण तायल, उज्ज्वल श्रेष्ठ, विनय गोयल, र महेश चित्लांगिया ,उत्कृष्ट पत्रकार तर्फ   गोपाल गिरी र रोहित काफ्ले साथै संघका कर्मचारी शुष्मा शाक्यसहित तीनजनालाइ नगदसहित सम्मान गरिएको थियो ।  
संघका उपाध्यक्ष शिवकुमार गुप्ताले स्वागत गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य उमेश डालमिया, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई , राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुलील ,भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिनाले औद्योगिक सुरक्षा र नीतिगत सुधारका विषयमा आफ्ना भनाइहरू राख्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इश्वर अधिकारीले गरेका थिए ।
अधिवेशनले वर्तमान उपाध्यक्ष शिवकुमार गुप्ताको अध्यक्षतामा निर्विरोध समिति चयन गरेको मुख्य निर्वाचन अधिकृत गोपाल गिरीले जानकारी दिए ।अधिवेशनले वर्तमान उपाध्यक्ष शिवकुमार गुप्ताको अध्यक्षतामा निर्विरोध समिति चयन गरेको मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिए ।

गिरीले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष दिपेश ढकाल, उद्योग उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, कृषि उपाध्यक्ष विनय गोयल, महासचिव प्रदीपमणि रेग्मी, सचिव तीर्थराज ढकाल र कोषाध्यक्षमा प्रदीप कुमार सरावगी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अरविन्द अग्रवाल , आदित्य पराजुली , सुरेशकुमार अग्रवाल , विनय पोखरेल ,रमेश पराजुली ,निर्मल भट्टराई ,धनजुजु श्रेष्ठ  र मोहन मित्तल रहेका छन् ।
त्यसैगरी भेषराज ढकाल, अजय साहेवाला र उज्ज्वल श्रेष्ठलाइ मनोनित सदस्यमा चयन गरिएको गिरीले जनाए ।
कार्यसमितिको अवधि तीनवर्षको हुने विधानमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार