मुख्य समाचार
एमालेका अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न नेताहरुले दबाब | भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल | मूल्यवृद्धिको मारमा झापाका निर्माण व्यवसायी : अब कति धान्ने ? | सशस्त्र प्रहरी बल नेपाल नं.२ गणको १९ औं बार्षिक उत्सव सम्पन्न | ग्यालेक्सी इङ्गिस स्कुल नगरकै उत्कृष्टः २३ जना विद्यार्थीलाई गर्याे सम्मान | खुला सीमाको असर : झापामा स्थानीय बेरोजगार बढ्दो चिन्ता | जंगली प्रजातिको गोरु मृत्य | कचनकवलका दाजुभाइको घर जल्दा १८ लाखकाे क्षति | लागत बढ्यो, सरकार मौन : झापामा आजदेखि सबै निर्माण कार्य बन्द | परम्परागत खेती छाडेर व्यावसायिक किवी खेतीतर्फ भोजपुरका किसान |

बिरिङ खोलाको बगरमा बाह्रदशीका राजेश ठाकुरको कंकाल फेला

देश प्रदेश डेस्क 5113+ समाचार ( )
२० अशोज २०८१, आइतबार

झापा हत्या गरी गाडेको सुराक पाएपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले बाह्रदशी– ७ स्थित बिरिङ खोलाको बगरमा बाह्रदशी –५ फूलवारीका राजेश ठाकुरको कंकाल  फेला पारेको छ ।

 हत्या गरी गाडिएका ठाकुरको कंकाल आइतबार साँझ बिरिङको बगरमा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

साँझ ६ बजे बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अबस्थामा टाउकोको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपंजर मात्र बाँकी रहेको सडीगलेको अवस्थामा शव फेला परेको डीएसपी विष्टले जानकारी दिए । त्यस कंकालका बारेमा कानुनी प्रक्रिया पुर्याउने कार्य भइरहेको छ । मृतकका आफन्तबाट सनाखत समेत भएको जनाइएको छ । चार दिनदेखि प्रहरीले जेसीवी प्रयोग गरेर ठाकुरको शव खोजी गरिरहेको थियो । प्रहरीले दुई दिनसम्म आरोपित छिमेकी राजवंशी परिवारको घर आँगन खनेको थियो । त्यसपछि बिरिङ खोलाको बगरको दुई ठाउँमा खन्दा पनि ठाकुरको शव भेटिएको थिएन । हत्या गरी दुबई गएका गणेश राजवंशीसंगको कुराकानी र अन्य अनुसन्धानबाट ठाउँ पत्ता लगाई आज सही ठाउँमा उत्खनन् गरिएको डीएसपी विष्टले बताए ।

राजेश गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । सोही दिनको राति ११.३० बजे भिम ठाकुरका छोरा २२ वर्षीय राजेश कोही कसैलाई नसोधी घरबाट हिडेका थिए । तीन दिनसम्म सम्पर्कमा नआएपछि खोजतलास गरी पाउँ भनी बाबु भिमले जेठ १८ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा हुलियासहितको निबेदन दिएका थिए । सोही दिनदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडले निरन्तर खोजतलास शुरु गरेको थियो ।

घटनाका सम्बन्धमा गोप्य रुपमा अनुसन्धान भइरहेकोमा राजेशको हत्या भएको हुनसक्ने विशेष सूचना असोज १७ गते प्रहरीलाई प्राप्त भएको थियो । चार महिना अघिदेखि बेपत्ता भएका राजेशलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले सोही दिन छिमेकी राजवंशी परिवारको घरमा उत्खनन् गरेको थियो । छिमेकी गणेश राजवंशी , उनकी भाउजु मुना मेचे राजवंशीलगायतले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले उनीहरुको घर उत्खनन् गरेको थियो । आफ्नी काकी मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका भतिज नरेशले प्रहरीलाई बताएका थिए । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेका थिए । घटनामा संलग्न रहेका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएका थिए । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।

प्रहरीले २० वर्षीया मुना मेचे (राजवंशी), मुनाका जेठाजु ३१ वर्षीय समिर राजवंशी , मुनाका भतिज १६ वर्षीय नरेश राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षीय आशिष थापालाई नियन्त्रणमा लिएको छ । दुवईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन् । प्रहरीले मुना र उनको परिवारले राजेशको हत्या गर्नुको कारण खुलाएको छैन । मुना र राजेशबीचको अवैध सम्बन्ध हत्याको कारण हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार