ओम साई पाथिभरा अस्पतालमा आइतबारबाट २५ हजारमा नै पहिलो पटक डिएनए टेस्ट सुरू

देश प्रदेश डेस्क 5096+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

झापा भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालले नेपालमै पहिलो पटक डिएनए टेस्ट सेवाको सुरूवात गरेको छ ।३ महिना अगाडि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रममार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट भद्रपुरमा नेपालमै पहिलो पटक डिएनए टेस्ट सेवा थालेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार पोखरेलका अनुसार ६ वर्ष अगाडि अमेरिकाबाट सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा मानव जीवनमा एक पटक मात्र टेस्ट गर्दा सवै पक्षको जानकारी दिने डिएनए टेस्ट सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको हो ।

अध्यक्ष पोखरेलका अनुसार दुई वर्षमाथिका मानिसको परीक्षण हुने डिएनए टेस्टले मानिसका शरीरमा भइरहेका तथा हुन सक्ने रोगको बारेमा जानकारी दिने हुँदा शरीरभित्रका रोगको पहिचान गरी उपचार सेवाको अवसर मिलाउन सकिने छ ।  एक  देखि डेढ लाख रूपैयाँ लाग्ने शुल्क अस्पतालले  हाल २५ हजारमा नै टेस्ट गर्ने जानकारी दिए । पछि याे रकम बढ्न सक्ने उनले बताए ।

सेवाग्राहीलाइ मध्यनजर गरी परीक्षणका लागि स्वास्थ्यकर्मी घरमा नै गएर सेम्पल लिने  व्यवस्था गरिएकाे अस्पताल प्रशासनले जनाएकाे छ ।

डिएनए टेस्ट सेवाका विज्ञ डा. आर्सी मौलेका अनुसार छिमेकी भारतमा दुई वर्षयता सुरू भएको डिएनए टेस्ट जीवनमै एक पटक मात्र गरिने परीक्षण रहेको जानकारी दिए ।

डा. मौलेका भनाइमा यो टेस्टमा १३१ प्रकारका परीक्षण हुने भएकाले मानव शरीरका लागि आवश्यक तत्व, वंशाणु परम्परागत रोग, भविष्यमा आउन सक्ने रोगका बारेमा ९९.९९ प्रतिशत विश्वसनीय रिपोर्ट आउँछ ।
१६५ प्रकारका औषधी उपचारका क्रममा शरीरले स्वीकार्छ वा स्वीकार्दैन भन्ने तथ्य समेत डिएनए टेस्टबाट पत्ता लाग्ने जानकारी दिँदै डा. मौलेले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारी लिनका लागि एक पटक परीक्षण गर्नैपर्ने बताए ।

कार्यक्रममा झापाका विभिन्न अस्पतालका चिकित्सक तथा कर्मचारी,उद्याेगी ,व्यापारी ,राजनीतिक दल,जनप्रतिनिधि लगायतकाे उपस्थितकाे थियाे ।  अस्पतालका प्रमुख प्रशासक दिप पाैडेलले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार