मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

अस्पतालबाट थुनुवा भागेपछि प्रहरी हवल्दार निलम्बन

देश प्रदेश डेस्क 5474+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

                                                                                                                   फरार भएका थुनुवा राइ

झापा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बमबहादुर राई निलम्बनमा परेका छन् । उपचारका लागि संगै लिएर गएको थुनुवा भागेपछि उनीमाथि कारबाही सुरू गरिएकाे हाे ।

प्रहरी हवल्दार राईले उपचारका लागि बिर्तासिटी अस्पताल लिएर गएका थुनुवा विशाल राई हतकडी फुस्काई मंगलवार दिउँसो फरार भएका थिए । हिजो दिनभरि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दासमेत राई अझै भेटिएका छैनन् । मंगलवार दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका हुन् ।

लागूऔषध मुद्धामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । प्रहरी हवल्दार राईलाई निलम्बन गरी कार्वाही शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी प्रकाश विष्टले बताए । उनले ती थुनुवा हतकडी फुस्काएर कसरी भागे भनेर अनुसन्धान भइरहेको जानकारी दिए । उपचारका लागि संगै लिएर गएका थुनुवा भागेपछि प्रहरी हवल्दार राईमाथि विभागीय कार्वाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उपचारमा रहेका थुनुवा राईले हात दुख्यो हतकडी खुकुलो बनाइदिनु भनेर भन्दा प्रहरी हवल्दार राईले हतकडी खुकुलो बनाइदिएका थिए । त्यसपछि ती थुनुवा हतकडीबाट हात फुस्काएर भागेको जनाइएको छ ।

भदौ २ गते राति अन्दाजी ९.३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसस्टेन्डमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखी ५ दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार