मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

नक्कली बिल प्रयाेग गरी कारोबार गर्ने झापाका सातवटा फर्मलाइ ६ करोड कर निर्धारण

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

झापा नक्कली बिल विजक प्रयोग गरी ६ करोड रुपैयाँ कर छलि गरेका झापाका सातवटा व्यवसायी फर्मलाइ आन्तरिक राजस्व कार्यालय झापाले पत्र काटेको छ ।  

आन्तरिक राजस्व कार्यालय भद्रपुरमा दर्ता भइ वस्तु किनबेच नगरी बिल मात्रको खरिद बिक्री गरेको आसङ्कामा कार्यालयले गरेको अनुसन्धानमा ती कम्पनी तथा फर्म फेला पारेको हो ।

 कार्यालयमा दर्ता भइ नियमित रुपमा अन्य कर दाताहरु करको दायरामा आएपनि ती फर्महरुले  आयकर, मूल्य अभिवृद्धि कर ,अन्त शुल्क कुनै पनि विवरण पेश नगरेको देखिएपछि कार्यालयले गरेको अनुसन्धानमा पहिलो चरणमा सातवटा फर्मले नक्कली बिल प्रयोग गरेको पाइएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिृकत कृष्णचन्द्र काफ्लेले बताए ।

ती फर्महरुलाइ ४० लाख देखि २ करोड रुपैयाँसम्म कर निर्धारण गरेको उनले जनाए । धेरै ट्रेर्डिङ् र केही उद्योग रहेको उनको भनाइ छ । आयकर ऐनका कारण फर्मकाे नाम भने सार्वजनिक गर्न नमिल्ने उनले बताए । कार्यालयले कर निर्धारण गरी पन्ध्र दिनको म्याद दिइसकेको उनले बताए । म्याद भित्र प्रमाण पेश नगरेमा स्वतः फर्महरुले कर तिर्नु पर्ने उनको भनाइ छ । उनीहरूले नक्कली नै बिल प्रयाेग गरेकाे पुष्टि भइसकेकाेले कर तिर्नै पर्ने उनले बताए ।

झापामा यस्तो कारोबार गर्नेको सङ्ख्या ठुलो भएकोले कार्यालयले तीब्ररुपमा फर्महरु फेला पारेर अनुसन्धान गरिरहेको उनको भनाइ छ । यस किसिमको कारोबारमा स्वयम व्यवसायी, कर मरामर्शदाता र लेखा व्यवसायी समेतको संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएकोले थप अनुसन्धान जारी राखिएको उनले बताए ।

नक्कली बिलको कारोबार गर्ने व्यवसायी र तिनका लेखा व्यवसायी हरुमाथि कडा रुपमा छानविन गरी यो अभियानलाइ निरन्तरता दिएर राज्यलाइ कर छलि गर्नेमाथि कर निर्धारण गरी करको दायरामा ल्याइने कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार