मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ आषाढ २०८३, मङ्गलबार

झापा / झापाको कमल गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका वडा नम्बर ३ बस्ने ४० वर्षीया सरस्वती मगर लिम्बुको सर्पदंशका कारण मृत्यु भएको हो । 

मंगलबार (हिजो) बेलुका अन्दाजी ७:५० बजेको समयमा आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनलाई विषालु कोब्रा सर्पले टोकेको थियो ।

सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित दमक सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । सो सम्बन्धी खबर राती १०:२५ बजे इलाका प्रहरी कार्यालय दमकमा प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक (प्रसनि) को कमाण्डमा प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो ।

अस्पतालमा उपचार भइरहेकै क्रममा राती १०:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक ज्ञान बहादुर लिम्बुकी श्रीमती हुन् । वर्षायाम सुरु भएसँगै झापाका विभिन्न क्षेत्रमा सर्पको जोखिम बढेकाले सचेत रहन र रातीको समयमा भुइँमा जथाभाबी नहिँड्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार