मुख्य समाचार
बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान | १० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव | झापामा ट्याक्टर र माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार तीनमध्ये बाबु छाेरीकाे मृत्यु |

पूर्व प्रहरी सङ्गठन भद्रपुरद्वारा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5216+ समाचार ( )
१ आषाढ २०८२, आइतबार

झापा / झापामा अत्यधिक रुपले लागूऔषधको प्रयोग, दुर्व्यसन र ओसार –पसार बढेर गएको भन्दै पूर्व प्रहरी सङ्गठन नगर समिति भद्रपुर झापाले सचेतना अभियानलाई निरन्तरता दिदै आईरहेको छ । लागूऔषध दुर्व्यसन न्यूनिकरणका लागि सो समितिले भद्रपुर नगरपालिकासँग समन्वय गरेर विद्यालय स्तरमा विद्यार्थीहरुलाई सचेतना जगाउँदै न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गरिरहेको हाे ।
समितिले आइतबार भद्रपुर २ चारालीमा रहेकाे हाेलील्याण्ड इङ्लिस स्कुलमा  अध्ययनरत कक्षा ९  र १० का छात्र–छात्राहरुलाई भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा एक दिने लागूऔषध दु्र्व्यसन विरुद्ध विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।

सचेना कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले विद्यार्थीहरुलाई यस कार्यक्रममा भनिएका कुरा व्यवहारमा उतारे यस्ताे कुलतमा नफस्ने बताइन् ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर प्रविण श्रेष्ठले लागूऔषधकाे सेवन गरे या ओसारपसार गरेमा हुने कानुनी कारवाहीकाे बारेमा जानकारी दिएका थिए । उनका अनुसार झापामा अहिले ८० प्रतिशत मुद्दा लागुऔषधका रहेकाे जानकारी दिदै गत ३ वर्षकाे अवधिमा याे प्रकृतिका मुद्दा बढ्दै गएकाे बताए ।

कार्यक्रममा बाेल्दै वडा नं. २ का वडाध्यक्ष राम बहादुर कँडेलले लागुऔषध अत्यन्तै हानिकारक भएकाेले कुनै हालतमा पनि यसकाे नजिक नपर्न विद्यार्थीलाई आग्रह गरेका थिए ।

पुर्व डिएसपी विनाेद निराैलाले विद्यार्थीहरुलाई लागू औषधमा कसरी फसिन्छ, यसको सुरुवाती कसरी हुन्छ र यसका असरहरु के कस्ता हुन्छन् भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

समितिका अध्यक्ष अम्विका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजकुमार थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा पूर्व प्रहरी सङ्गठनका पदाधिकारी ,शिक्षक, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार