मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

मेचीनगरका गाईगोरुमा ‘लम्फी स्किन’ रोगको संक्रमण

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

मेचीनगरका गाईगोरुमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिन थालेको छ ।
मेचीनगर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक छत्र राईले मेचीनगरको ६ वटा वडाका किसानको गाईगोरुमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिन थालेको जानकारी दिए ।

उनका अनुसार मेचीनगर–२, ३, ७, ८, ९ र १४ नम्बर वडाका किसानका ३ वटा गाई र ४ वटा बाँछीमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिएको छ ।‘ती गाई र बाँछीमा अहिले सामान्य घाउ जस्तो देखिएको छ’, राईले भने–‘किसानलाई घाउमा लगाउने मलम, पेनकिलर, ज्वरो, सरसफाइका लागि फिनेल, पोटासीयम परनेट लगायतका औषधि दिइएको छ ।’संक्रमित क्षेत्रको ५ सय मिटर आसपासका किसानका गाई–गोरुहरुमा नगरपालिकाको पशु प्राविधिकको टोली गएर ‘रिङ भ्याक्सिन’ लगाइएको पशु प्राविधिक राईको भनाई छ ।

राईका अनुसार शुक्रबार र शनिबार गरेर १५० वटा गाई–गोरुमा ‘रिङ भ्याक्सिन’ लगाइएको छ ।‘लम्फी स्किन’ रोगको संक्रमणका बारेमा कोशी प्रदेश र केन्द्रीय पशु सेवा विभागमा जानकारी गराइएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दुध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टि मिटर सम्मको गोलो गिर्खा र घाउ देखा पदर्छ ।

क्याप्री पक्स नामक भाइरसको संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन उक्त भ्याक्सिन लगाउने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार