मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापामा मोटर चोरी गर्ने एक जना पक्राउ

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

झापा / झापाकाे झापा गाउँपालिकामा माेटर चाेरेर भारत तर्फ लैजादै गर्दा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई ४ सुरुङ्गा बस्ने अन्दाजी वर्ष २७ का अशोक मगर पक्राउ परेका हुन् । उनलाई शंका लागेर चेकजाँच गर्दा उनले मोटर चोरी गरेको पुष्टि भएको थियो । मोटरसहित नियन्त्रणमा लिई उनलाई आवश्यक कारवाहीको लागि पठाइएको छ ।

आज बिहान ६.५० बजे झापा गाउँपालिका वडा नं. ४ चौधरी बस्ती इलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको सशस्त्र प्रहरी हवल्दार गणेशबहादुर गुरुङ्गको कमाण्डमा ५ जना र इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी सहायक निरीक्षक दिनेशकुमार माझीको कमाण्डमा ५ जनाको संयुक्त टोलीले मगरलाई पक्राउ गरेकाे थियाे ।

झापा गाउँपालिकामा चोरीका घटना बढ्दै गएको छ । चार दिनअघि झापा गाउँपालिका वडा नं ३ मा चोरी भएको थियो ।
झापा गाउँपालिका वडा नं ३ कामाटोली वजारदेखि लगभग २०० मिटर टाढा विनिताकुमारी गणेशको घरबाट घरमा कोही नभएको बेला चोरले लगभग २२ तोला चाँदी , एक तोला सुन र नगद दुई हजार पाँचसय चोरी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार