मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |
मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |


भारतीय चिठ्ठा राेक्न गृहप्रशासन झापा असफल

देश प्रदेश डेस्क 5218+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

झापा झापाका सीमा क्षेत्रमा  भारतीय चिठ्ठाकाे बिगबिगी भएपनि गृहप्रशासन बेखबर भएकाे छ । झापामा दैनिक भारतबाट ल्याएर नेपालतर्फका कारोबारीले भारतीय चिठ्ठाको बिगबिगी बढ्दा पनि यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले सक्रियता नदेखाएको स्थानीयबासीको गुनासो छ ।

प्रहरीकै अगाडि कारोबारीले खुलेआम सर्वसाधारणलाई चिठ्ठा बिक्री गर्दा पनि प्रहरीले नदेखेको जस्तो गरेको स्थानीयको आरोप छ । चिठ्ठाको लतमा लागेर भद्रपुर, चन्द्रगढीलगायतका उद्योगी, व्यापारी, सुन तथा भाँडाकुँडा व्यवसायी डुबेका छन् । सुरु सुरुमा भारतीय कारोबारी नै आएर नेपालमा चिठ्ठा बिक्री गर्थे भने पछिल्लो समय नेपाललीले नै भारतबाट चिठ्ठा ल्याएर बिक्री गर्दै आइरहेको पाइएको छ ।

झापाको सीमावर्ती नाका भद्रपुरको मुख्य बजार, पुरानो नगरपालिका कार्यालय नजिक, भन्सारछेउ सिटी सफारी स्टेण्ड, पुरानो हुलाक कार्यालय, हिमालय बैङ्कछेउ, चन्द्रगढी, बिर्तामोडस्थित भद्रपुर रोडको बस स्टेण्ड, धुलाबारीको पुरानो हङ्कङ बजार, काँकडभिट्टाको बसपार्क, सुपाडी लाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, भन्सार कार्यालय र इप्रकापछाडि, ट्याक्सी पार्क छेउछाउ, सतीघट्टा रोडलगायतका ठाउँहरूमा बिक्री भइरहेकोे खरिदकर्ताहरूको भनाइ छ ।

यसको लतमा लागेर नेपाली नागरिक घरबारविहीन हुन थालेको स्थानीयको गुनासो छ । सुरक्षाकर्मीले चिठ्ठा कारोबारीमाथि सीमाक्षेत्रमा कडाइका साथ निगरानी नबढाएका कारण यसमा सक्रिय गिरोहले खुलेआम बिक्री वितरण गरिरहेको पाइएको छ । चिठ्ठामा १ करोड भारतीय रुपैयाँ पर्ने भन्दै गिरोहले बिहान, दिउँसो र बेलुकाको समयको चिठ्ठा बेच्ने गरेका छन् । चिठ्ठा (लोट्री) पर्ने भन्दै सुन व्यवसायी, भाँडा व्यापारीलगायत सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई चिठ्ठा खरिद गर्न लगाई दैनिक भारतीय पाँचलाख रुपैयाँ सङ्कलन हुने गरेको खरिदकर्ताको भनाइ छ । यो उनीहरूको दैनिकी नै बनेको छ ।

भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित  मिजोराम स्टेट लट्रीज र नागाल्याण्ड स्टेट लट्रीज भारतमा सो चिठ्ठा दिनमा ३ समय खेलाउने गरिएको छ । बिहान ११ बजे, दिउँसो ३ बजे र साँझ ७ः३० बजे खोलिने चिठ्ठामा लत बसेका सयौं व्यक्तिलाई लत लगाइसकेको बताइएको छ । दैनिक सञ्चालित १ करोड लेखिएको चिठ्ठामा ए, बी, सी, डी लगायतको अक्षर लेखिएको हुन्छ । कम्पनीले चिठ्ठा खरिदकर्ताको मोबाइलमा कुन अक्षर रोज्ने हो  सो को जानकारी पठाइदिने गरेको हुन्छ । चिठ्ठाको नतिजाको जानकारीे धधध।यिततभचथकबmदबम।अयm मा टाइप गरेर आफ्नो मोबाइलमार्फत् थाहा पाउन सकिन्छ । भारतको पश्चिम बङ्गाल, सिक्किम, नागालैण्डका प्रतिबन्धित चिठ्ठाहरू झापाको सीमावर्ती नाकामा खुलेआम बिक्री भइरहेको छ ।

नेपाल–भारतको सीमा नाका सिलिगुडी, नक्सलबारी र पानीट्याङ्कीबाट दिनहुँ आउने चिठ्ठा भारतीय तथा नेपाली कारोबारीको सेटिङमा बिक्री वितरण हुँदै आइरहेको छ ।

भारतबाट दैनिक ज्याला मजदुरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुनेलगायतले भारतीय चिठ्ठा नेपाल भिœयाउने गरेको बताइएको छ । 

स्रोतका अनुसार भद्रपुरमा मात्र चारजना व्यापारीले बिक्री गर्दै आइरहेका चिठ्ठाको लतमा फसेका नाम नबताउने सर्तमा एक व्यक्तिले बताए । प्रहरी प्रशासनले वास्ता नगरेका कारण यसको बिक्री जताततै हुने गरेको उनको भनाइ छ । पहिला ५ लाख पर्ने चिठ्ठा १०, २५, ५० लाख हुँदै अहिले १ करोड पुगेको उनले जानकारी दिए ।

चिठ्ठा बेच्नेका अनुसार भद्रपुर र चन्द्रगढीबाट मात्रै दैनिक ५ लाखभन्दा बढीको चिठ्ठा बिक्री हुने गरेको छ । नेपालमा चिठ्ठा बिक्री गर्ने अधिकार छैन । चिठ्ठा परिहाल्यो भने पनि भारतकै देवीगञ्ज, खोरीबारीलगायत भारतकै ठेगाना देखाएर चिठ्ठाको रकम लिने गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवम् प्रवक्ता कृष्णकुमार चन्दले यस विषयमा आफू अनभिज्ञ रहेको बताए । बिक्री हुँदै आएको भए यसलाई प्रहरी परिचालन गरेर अनुसन्धान गरिने उनले जानकारी दिए । चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कुनै चिठ्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, बिक्री वितरण गर्न पाइँदैन । साथै सरकारले तोकिदिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिठ्ठा वा विज्ञापन नेपालभर बिक्री वितरणको लागि ल्याउन वा झिकाउन वा बिक्री वितरण गर्न बन्देज गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै