मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ | आज संविधान दिवस मनाइँदै | एन्फा पदाधिकारी सीआईबीको छानबिनमा | भारतको दिघलबैंकमा ७३ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ | बिलबिजकबिनाको १ लाख ६९ हजार रुपैयाँको लत्ताकपडा म्याजिकबाट बरामद |

नेपाल प्रहरीले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्नुपर्छ : बालेन शाह

देश प्रदेश डेस्क 5466+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

झापा काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्न सक्नुपर्ने धारणा राखेका छन् ।

बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी कार्यक्रममा उनले नगर प्रहरी जस्तै विना राजनीतिक दबाब काम गरे शहरमा सुशासन कायम हुने बताएका हुन् । मेयर शाहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको समेत बताएका थिए ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको प्रशंसा गर्दै मेयर बालेनले बुद्धि–विवेक, इमान्दारिता र हिम्मत तीनवटै गुण राखेर काम गरेको बताएका थिए । उनले अन्य नगर प्रहरीलाई पनि वुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिँदै भने, ‘नगर प्रहरी बलले वुद्धि–विवेक पुर्‍याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पुर्‍याउनुहोला । संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील पनि भइदिनु होला ।’

बालेनले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको दाबी गरेका थिए । उनले नगर प्रहरीहरु पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन लागेको बताएका थिए । काठमाडौं देशकै राजधानी भएको भन्दै बालेनले अन्य स्थानीय तहले पनि सिक्नेगरी नगरप्रहरीहरु काम गरिरहेको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार