मुख्य समाचार
भारतको दिघलबैंकमा ७३ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ | बिलबिजकबिनाको १ लाख ६९ हजार रुपैयाँको लत्ताकपडा म्याजिकबाट बरामद | एक अर्ब ५७ करोडको हुण्डी कारोबारको आशंका, विराटनगरका दुई जना पक्राउ | भद्रपुरमा वैदिक सनातन समितिद्वारा विश्वकर्मा पूजा | कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजी | जेनजी आन्दोलनका घाइते आमरण अनशनमा | डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ | पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ? | कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी | कोशीमा ११ करोडको काठ थन्कियो, सरकारी मूल्यले बिक्रीमा समस्या |

सुनसरीमा बिलबिजकबिनाको लत्ताकपडा बोकेको यात्रुवाहक म्याजिक प्रहरीले नियन्त्रणमा लिएको छ।
बिलबिजकबिनाको १ लाख ६९ हजार रुपैयाँको लत्ताकपडा म्याजिकबाट बरामद

देश प्रदेश डेस्क 5458+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

जिल्ला सुनसरीको गढी गाउँपालिका–२ गुण्डु पोखरीस्थित दुहबी–इनरुवा सडकखण्डबाट प्रहरीले बिलबिजकबिनाको लत्ताकपडा बरामद गरेको हो।

प्रहरीका अनुसार २०८३ साल भदौ २९ गते अपराह्न ४ः२० बजे इलाका प्रहरी कार्यालय दुहबी र ट्राफिक प्रहरी पोष्ट दुहबीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले दुहबीबाट इनरुवातर्फ आउँदै गरेको यात्रुवाहक म्याजिकलाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा म्याजिकभित्र बिलबिजक नभएका विभिन्न लत्ताकपडा फेला परेका थिए। प्रहरीले बरामद गरेको लत्ताकपडाको अन्दाजी मूल्य १ लाख ६९ हजार २ सय रुपैयाँ रहेको जनाएको छ।

बरामद गरिएको लत्ताकपडा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार