मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

बिर्तामोड खानेपानीले अब जारमा पानी बेच्ने

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२८ माघ २०८०, आइतबार

झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दैनिक एक करोड ९३ लाख लिटर पानी उत्पादन गरी उपभोक्तालाई बितरण गर्दै आएको छ ।

संस्थाका तीनवटा ओभरहेड ट्याङ्की, १५ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लान्टबाट ९ हजार उपभोक्तालाई शुद्ध पानी बितरण गर्दै आएको संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले जानकारी दिए । संस्थाको २१औं वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बाँस्तोलाले नगर क्षेत्रका सबै उपभोक्ताहरुलाई सेवा पु¥याउने लक्ष्य अनुरुप ५०० नयाँ धारा जडान गरी पानीको आपूर्ति विस्तार गर्ने बताए ।

त्यस्तै पानी शुद्धीकरणका लागि २ वटा नयाँ फिल्टर प्लान्ट तथा फिल्टर मिडिया खरिद गरी जडान गर्ने संस्थाले लक्ष्य लिएको बताइएको छ । खानेपानीको माग अत्यधिक बढेकाले नयाँ बसपार्क क्षेत्रमा एउटा ओभरहेड ट्याङ्की निर्माण गरी अत्याधुनिक डिप बोरिङ जडान गर्ने, उपभोक्ताको मागलाई ध्यानमा राखेर पानीलाई चिस्यान गरी जारमा विक्री गर्ने लक्ष्य लिएको अध्यक्ष बाँस्तोलाले बताए । त्यस्तै मुक्तिचौकमा वाटर एटीएम स्थापनाका लागि सरकारी तथा निजी क्षेत्रसंग सहकार्य गरी काम अघि बढाउने अध्यक्ष बाँस्तोलाको भनाइ छ ।

राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका उत्कृष्ट दुई सदस्यलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा चन्द्रबहादुर खड्का र कान्तीदेवी साह रहेका छन् । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा प्लम्वर प्रकाश दर्जीलाई सम्मान गरियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि बस्नेतले सम्मान–पत्र प्रदान गरेका थिए । संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, संस्थाका सल्लाहकार लोकबन्धु कन्दङ्वा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेकपा माओवादी केन्द्रका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार