मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

श्रीलङ्कामा आपतकाल घोषणा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन् ।

मनसुनी वर्षाले बाढी र पहिरोबाट इन्डोनेसिया, मलेशिया, थाइल्याण्ड र श्रीलङ्कामा लाखौं मानिसहरू प्रभावित भएका बीबीसीले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपति अनुराकुमार दिसानायकले खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नुभएको छ । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्छ ।

आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको उल्लेख छ । श्रीलङ्का चक्रवात ‘दित्वाह’बाट प्रभावित भएकोमा एक सय ३० जनाभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ झन्डै एक सय ७० जना बेपत्ता रहेको विपद् क्षेत्रका अधिकारीहरूले बताएका छन् ।

त्यस्तै इन्डोनेसियाली टापु सुमात्रामा ठूलो वर्षा भएको थियो । मङ्गलबारको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्नुका साथै ७९ जना बेपत्ताको खोजी भइहेको छ ।

मलेशियामा पनि धेरै जनाको ज्यान गएको अनुमान गरिएको छ । जलवायु परिवर्तनले आँधीबेहरीको ढाँचामा परिवर्तन ल्याएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार