मुख्य समाचार
चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि |

७ बाख्रा मृत फेला, बाघले आक्रमण गरेको अनुमान

देश प्रदेश डेस्क 5480+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

अर्घाखाँची  | जिल्लाको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट सात वठा बाख्रा मरेका छन् भने आठ वटा बेपत्ता छन् । शितगङ्गा–१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा बाघले आक्रमण गरेको हो ।

‘बुधबार बाख्रा चराउन जङ्गल गएका बेला ३० वटा बाख्रा हराएका थिए । तीमध्ये एउटा घाइते अवस्थामा र १४ वटा सकुशल फार्ममा फर्किएका थिए । अन्य बाख्रा खोजी गर्दा सात वटालाई बाघले आक्रमण गरी मारेको पायौँ, अझै आठ बाख्रा हराइरहेका छन्,’, फार्म सञ्चालक घनश्याम अधिकारीले भने ।

बुधबारदेखि निरन्तर खोजी गरिरहेको बताउँदै आज पनि खोजी गरिएकामा हराइरहेका बाख्रा फेला पार्न नसकिएको उनले बताए ।

यतिका दिनसम्म बाख्रा फेला नपर्नुले ती बाख्रालाई पनि बाघले खाएको हुनसक्ने अधिकारीले आशङ्का व्यक्त गरे । उनका अनुसार मृत बाख्रा करिब एक किलोमिटर दूरीमा पर्ने देउराली–पारे सामुदायिक वन क्षेत्रमा भेटिएका थिए ।

source : Online Khabar 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार