मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

स्याउ गोदामबाट ठूलो परिमाणमा गाँजा बरामद

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

झापा सप्तरीको मलेठस्थित एक स्याउ गोदामबाट सोमबार ठूलो परिमाणमा गाँजासहित अन्य विभिन्न मालसामान बरामद भएको छ ।

राजविराज नगरपालिका–९ मलेठस्थित गोदामबाट ८० वटा बोरामा २४ क्वीन्टल गाँजा बरामद भएको हो ।
राजविराज–रूपनी सडकको पश्चिमतर्फ रहेको गोदाममा दुई वटा ट्रकमा मालसामान लोड–अनलोड भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल आफैंले देखेपछि सोधखोज गरेका थिए । तर, गोदाम धनी नआएपछि शंकाको आधारमा थप सुरक्षाकर्मी बोलाएर गोदाम फुटाई चेकजाँच गर्दा उक्त गाँजासहितका मालसामान फेला परेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

गोदामभित्र भारतीय र नेपालीसहित तीन वटा नम्बर प्लेट भएको एउटा स्कोरपिओ गाडी पनि फेला परेको छ । सोही गोदामभित्र ठूलो परिमाणमा स्याउ, चिनी, सुर्ती, स्यानिटिरी प्याड, कपडा, काँटी समेत बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानमा उक्त गोदाम रोशन यादवको भएको पाइएको रहेछ । गोदाम भएको घरधनीले यादवलाई भाडामा दिएको विषय आइरहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त गोदाममा गाँजाबाहेक बरामद भएका अन्य सरसामानको मुचुल्का उठाउने काम प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार