मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

झापाकाे होटल मेची क्राउन पाँचौँ वर्षमा प्रवेश

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२९ भाद्र २०८१, शनिबार

झापा झापाकाे होटल मेची क्राउनले शुक्रबार चार वर्ष पुरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको  छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीकाे प्रमुख आतिथ्यमा सम्पन्न उत्सवमा  हाेटलका अध्यक्ष एवम् सञ्चालक पवित्रकुमार कार्कीले सुरुमा स्थापना गर्दा जोखिम मोलेर होटलमा लगानी गरेको दावी गरे । उनका अनुसार योजना बनाएर होटल चलाएपछि अहिले पपुलर भएको छ । सञ्चालक कार्कीले विजनेश राम्रै रहेको बताए । नेपाल र भारतका ठुला घराना परिवारका नागरिकहरु विवाह, सेमिनार, मनोरञ्जन र क्यासिनो खेल्न आउने गरेका छन् ।आयोजित बार्षिकोउत्सव तथा नयाँ थप सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा सञ्चालकहरुले पूर्वकै व्यापारिक उद्योगका रुपमा पहिचान बनाउने उद्घोष गरेका हुन् । पूर्वको सफल उद्योग मात्र होइन नेपाल र भारतमा नै नमूनाको रुपमा पहिचान बनाउँदै गरेको मेचीनगरको पाँचतारे होटल मेची क्राउनले अर्को सुविधा सम्पन्न भवनबाट पनि थप सेवा विस्तार गरेको जनाएकाे छ ।

अर्का सञ्चालक बलराम सापकोटाले सरकारलाई बार्षिक ६ करोड २५ लाख रोयल्टी तिर्दै गरेको जानकारी दिए । नयाँ बनिएको थप भवनसहित २१५ वटा सुविधा सम्पन्न रहेको कोठालाई आगामी दिनमा ५०० वटा कोठा पुर्याउने लक्ष्य रहेको उनले बताए ।

उनले देशभित्र रहेका साना–ठुला क्यासिनोलाई एउटै प्रकृतिमा नहेर्न आग्रह गर्दै होटल र क्यासिनोको नियम बनाउन राज्यलाई खवरदारी गरेका थिए  ।

कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारका पूर्व मन्त्रीदेखि बहालवाला मन्त्री, राज्यमन्त्री, सांसद, पार्टीका नेता तथा कार्यकर्ता, बैंकर्स, उद्योगपति र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बार्षिकोउत्सवका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले ४०/४५ वर्षअघि बनेका ऐन, कानूनहरुले गर्दा समस्या भएको बताए । उनले क्यासिनो नियमावली २०८१ बन्दै गरेको जानकारी गराए । क्यासिनो नियमावली सुधार गरेर लाने उनको दावी छ ।

कार्यक्रममा पूर्व मन्त्रीहरु दिपक गिरी, प्रेम आले, किसानकुमार श्रेष्ठ, गोविन्द बद्री, सांसद एलपी साँवा, संविधान सभा सदस्य दिपक कार्की, नेपाल सरकारका कानून सचिव उदय सापकोटा, व्यवसायी विकास राना, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले होटल मेची क्राउनको बारेमा चर्चा गरेका थिए ।

सोही अवसरमा स्थापनाकालमा होटललाई लगानी गरिदिने इन्भेष्टमेन्ट बैँकका सिइओ ज्योति पाण्डेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । बार्षिकोउत्सव कार्यक्रमको होष्ट सहाना बज्रचार्यले गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार