मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

अरु दललाई पछिपार्दै समानुपातिकतर्फ पनि रास्वपाको अग्रता

Desh Pradesh News 1+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिकतर्फको मतगणना पनि सुरु गरिएकाे छ। प्रारम्भिक मतपरिणामले यसपटक समानुपातिकतर्फ नयाँ राजनीतिक शक्ति अगाडि देखिएको संकेत देखाएकाे छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार हालसम्म गणना भएको कुल १९ हजार ७२८ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ हजार ५६२ मत प्राप्त गर्दै पहिलो स्थानमा अग्रता कायम गरेको छ।

त्यसपछि दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म ३ हजार ६६४ मत प्राप्त गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ हजार ७५२ मतसहित तेस्रो स्थानमा रहँदा प्रमुख वामपन्थी दल नेकपा (एमाले) भने १ हजार  १५२ मतसहित चौथो स्थानमा सीमित भएको छ।

प्रारम्भिक मतपरिणामले प्रत्यक्षतर्फ उल्लेख्य सिटमा प्रतिस्पर्धा गरिरहेको रास्वपाले समानुपातिकतर्फ पनि परम्परागत ठूला दलहरूलाई पछि पार्दै बलियो उपस्थिति देखिएकाे छ।

शीर्ष चार दलपछि अन्य साना राजनीतिक दलहरूले पनि केही सयको संख्यामा मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदै पाँचौँ स्थानमा पुगेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार