मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |
मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |


मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ

भेषराज नेपाल 128+ समाचार ( )
१३ आषाढ २०८३, शनिबार

झापा / जिल्ला कारागार मोरङका कैदीबन्दीलाई वितरण गरिएको साढे १३ लाख रुपैयाँभन्दा बढी भत्ता रकम कारागारभित्रैबाट गायब भएको छ।

कैदीबन्दीलाई सरकारले उपलब्ध गराएको गर्मी भत्ता र उनीहरूले श्रम गरेर कमाएको रकम समेत अनुचित प्रभावमा पारेर असुली गरेको आरोपमा प्रहरीले विवादास्पद छवि भएका गुन्डा नाइके एवं नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई पक्राउ गरेको छ।

मोरङ प्रहरी र विशेष टोलीले शनिबार बिहान विराटनगर-८ मधुमरास्थित गिरीको निवास घेराउ गरी खानतलासी गरेपछि उनलाई नियन्त्रणमा लिएको हो।
यसरी गायब भयो कैदीबन्दीको रकम
कारागार प्रशासनले गत बुधबारदेखि शुक्रबारसम्म १ हजार १८५ कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँका दरले वार्षिक गर्मी भत्ता वितरण गरेको थियो। तर, भत्ता बाँडिएको केही घण्टामै 'बी ब्लक' का ५३६ जना कैदीबन्दीको कुल १३ लाख ४० हजार रुपैयाँ गायब भएको सूचना बाहिरिएको थियो।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलको निर्देशनमा कारागारभित्र अनुगमन गर्दा कैदीबन्दीहरूको साथमा रकम फेला परेन। सोधपुछका क्रममा उक्त रकम कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा गिरीले आफ्ना सहयोगीहरूको खातामा पठाउन लगाई असुली गरेको खुलेको छ।
कारागारभित्रै वित्तीय शोषण र सेटिङको जालो
प्रहरी स्रोतका अनुसार, कारागारभित्र लामो समय चौकीदार रहँदा गिरीले जेल पर्नुअगाडिकै पुरानो मितिमा विभिन्न बहानामा कैदीबन्दीहरूलाई जबर्जस्ती तमसुक गराएर पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मोरङ कारागारमा रहेका १ हजार १९९ कैदीबन्दीले पाउने दैनिक ८० रुपैयाँ भत्ता र वार्षिक रूपमा प्राप्त हुने जाडो-गर्मीको लुगा भत्तामा समेत गिरी समूहले कब्जा जमाउने गरेको गुनासो प्रहरीमा पुगेको थियो। कारागारभित्र ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुनेर आयआर्जन गर्ने गरेका छन्। सो सामग्री बिक्रीबाट आएको रकम समेत गिरीले बैंकिङ च्यानलमार्फत बाहिर ल्याउने गरेको प्रमाण प्रहरीले संकलन गरिरहेको छ।
निवास र गाडीमा 'सर्च अपरेसन'
घरमा अवैध हतियार लुकाएर राखेको र कैदीबन्दीको भत्ता रकम समेत त्यहाँ पुर्‍याइएको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले गिरीको घर अगाडि पार्किङ गरिएका दुईवटा कार र घरभित्र व्यापक खानतलासी (सर्च) गरेको थियो।
प्रहरी र आरोपीको भनाइ
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार गिरीको आपराधिक पृष्ठभूमि र कारागारभित्रको अवैध असुली सञ्जाललाई लिएर विस्तृत अनुसन्धान सुरु गरिएको छ। उता, पक्राउ परेका अभिषेक गिरीले भने राजनीतिक परिवर्तनपछि आफूलाई फसाउन र बदनाम गराउन झुटा मुद्दा खडा गरिएको दाबी गरेका छन्।
अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय भुक्तान गरिसकेका गिरी पछिल्लो समय राजनीतिक ओतप्रोतका आधारमा ठेक्कापट्टा र असुली धन्दामा सक्रिय रहँदै आएका थिए। हाल उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार