मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

जसपा नेपालले पार्टी विभाजन गर्नेहरूको भण्डाफोर गर्ने

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२ जेठ २०८१, बुधवार

झापा । जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनमा रहेका मुख्य दलहरूले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ ।

मंगलबार सम्पन्न केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी विभाजनमा माओवादी केन्द्र र एमालेको हात रहेको धारणा राखेका थिए । पार्टी विभाजन गर्ने नेताहरू महाधिवेशनबाट डराएर सत्तामोहमा परेर सत्ता गठबन्धन दलको मोहरा बनेको निष्कर्ष समेत निकालेको छ ।

जनकपुरमा महाधिवेशन हुने, विधान संशोधन गर्ने

जसपा नेपालले आफ्नो विधान संशोधन गर्ने भएको छ । १ सय ५१ सदस्यीय कार्यसमितिलाई २ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको प्रवक्ता सुमनले जानकारी दिए ।

त्यस्तै, हाल एक जना महासचिव रहेकोमा अब विधान संशोधन गरी दुई जना महासचिव बनाउने निर्णय गरेको छ । तीन जना उपाध्यक्ष रहने प्रावधान विधानमा रहेको छ । त्यसलाई पाँच पुर्‍याउने निर्णय समेत गरेको छ ।

विधान संशोधनको निर्णय केन्द्रीय समितिको बैठकबाट निर्णय भइसकेको छ । त्यसलाई महाधिवेशनबाट पारित गर्ने भएको छ ।

जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशनको हुने भएको छ । महाधिवेशनका लागि जेठ १० गतेभित्र महाधिवेशन प्रतिनिधि चयन गरिसक्नुपर्ने पनि निर्णय पार्टीले गरेको छ ।

पार्टी विभाजन गर्नेहरूको भण्डाफोर गर्ने

जसपाले पार्टी विभाजन गर्नेहरूको भण्डाफोर गर्ने कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । जिल्ला जिल्लामा कार्यक्रमको आयोजना गरी भण्डाफोर गर्ने निर्णय भएको छ , त्यसका लागि जिल्ला समितिहरूले कार्यक्रमहरू तय गर्नेछन् ।

पार्टी विभाजनमा संलग्न जसपाका ३२ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । अशोक राईको नेतृत्वमा वैशाख २३ गते पार्टी विभाजन भएको छ । राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भइसकेको छ । निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ ।

जसपाको ३२ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको छ । ती सबै जनालाई जसपा नेपालले कारबाही गरेको छ । जसपा नेपालले पार्टी विभाजनमा मुख्य भूमिका खेलेका सात जना सांसदसहित निर्वाचन आयोगमाथि सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार