मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

विधुत प्राधिकरणको लापर्वाहीका कारण सतार बस्तीका २५ घर जले

देश प्रदेश डेस्क 5229+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

                                                                                                                           साङ्केतिक तस्वीर

झापा विधुत प्राधिकरणको लापर्वाहीका कारण रंगेलीमा  आगलागीमा परेर सतार बस्तीका २५ घर नष्ट  भएका छन् ।

शनिवार दिउँसो २ बजे सुरुभएको आगो निभाउन स्थानीय, बारुण यन्त्र, प्रहरी लगायतको टोलीलाई साँझ ४ः३५ बजेसम्म लाग्यो ।

प्रहरीका अनुसार जंगली मुर्मुको ग्वालीबाट सुरु भएको आगो एकैछिनमा सिंगो गाउँमा सल्किएको थियो । फुस्को छाना भएका, साना साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

पश्चिम तर्फको तिब्र हावाका कारण पनि आगो बस्तीमा सल्किन समय लागेन । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन् । सुन चाँदी, नगद, लत्तकपडासहित सबै धनमाल जलेर नष्ट भएको कार्कीले बताए ।

पीडितले शरीरमा लगाएका कपडा बाहेक केही बचाउन सकेनन् । घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते भएको एसपी कार्कीले जानकारी दिए ।

मुर्मूको रंगेली अस्पतालमा उपचार भइरहेको छ । आगोले जंगलीसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु एवं मनोज, बुद्दराय, मराहाङ हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडू तथा बाबूलाल बेश्राको परिवार बिचल्ली भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार