मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

सिटौलाको हत्या आरोपमा आफ्नै दाजु पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

झापा हत्याको आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।झापाको शिवसताक्षीमा गए राति हत्या भएकाे थियाे ।

शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए । उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अबस्थामा रामप्रसादको शव फेला परेको थियो ।

उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशंका छ । तीनजना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार