मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

झापाका विद्यार्थीहरुले देखाए सैन्यकला

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

झापा झापाका तीनवटा विद्यालयका विद्यार्थीहरुले अरिदमन गण चारआलीमा डेमोस्ट्रेशन गरेका छन् । नेपाली सेनाको सहयोगमा सि.सं.१९ एनसीसी सिनियर डिभिजन तालिम लिइरहेका झापा मोडेल स्कुल, धुलाबारी माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयका १०८ जना प्रशिक्षार्थीहरुले डेमोस्ट्रेसन गरेका हुन् ।

अरिदमन गणका सकलदर्जाहरुले तयार गरेको बाधापारको डेमोस्ट्रेशनमा प्रशिक्षार्थीहरुले भाग लिएको गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए । उनले प्रशिक्षार्थीहरुका लागि गर्ने तरिकाको बारेमा अभ्यास र कक्षा संचालन गरिएको जानकारी दिए ।

बिहान ११ बजे अरिदमन गणमा प्रवेश गरेका प्रशिक्षार्थीहरुलाई गणपति बस्न्यातले स्वागत गरेका थिए । गत भदौ महिनादेखि झापाका तीनवटा विद्यालयमा एनसीसी सिनियर डिभिजन तालिम संचालन भइरहेको छ । झापा मोडेल स्कुल, धुलाबारी मावि र जनता माविका १८ छात्र र १८ जना छात्राका दरले जम्मा १०८ जना विद्यार्थी तालिममा सहभागी छन् ।

नेपाली सेनाले सिनियर र जुनियर गरि दुईवटा डिभिजन छुट्याएर तालिम दिँदै आएको छ । यसअघि अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयमा सिनियर डिभिजन तालिम सम्पन्न गरेको थियो ।
एक सय दिनको एनसीसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा मोरङको याङशिलास्थित राष्ट्रिय सेवा दलको पूर्वी तालिम शिक्षालयमा हुने अरिदमन गणका गणपति बस्न्यातले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार