मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित स्थानीयद्वारा तोडफोड

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३० श्रावण २०८३, शनिबार

 झापा / झापाको झापा गाउँपालिकामा टिफरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित बनेका स्थानीय बासिन्दाले टिफरमा तोडफोड समेत गरेका छन् ।इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार आज (शुक्रबार) बेलुका अन्दाजी ५:२० बजेको समयमा झापा गाउँपालिका वडा नम्बर ४ को कार्यलय अगाडि हुलाकी राजमार्गमा दुर्घटना भएको हो ।

बालुवा बोकेर गुडिरहेको ना ५ ख ६४९० नम्बरको टिफरले बाटो काट्दै गरेका साइकल यात्री स्थानीय झापा गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय इशन लाल गणेशलाई ठक्कर दिएको थियो ।टिफरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

अस्पताल पुर्‍याउँदा गम्भीर अवस्थामा रहेका र बोल्न नसक्ने स्थितिमा रहेका उनलाई बेलुका ६:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।दुर्घटना लगत्तै बेलुका ६:३० बजे आक्रोशित बनेका स्थानीय बासिन्दाले दुर्घटनास्थलमा रहेको टिफरमा ढुङ्गामुढा प्रहार गरेका छन् । ढुङ्गा प्रहारबाट टिफरको अगाडिको सिसा फुट्नुका साथै क्षति पुगेको प्रहरीले जनाएको छ ।प्रहरीले टिफर चालक झापा गाउँपालिका वडा नम्बर ३ कामटोली बस्ने ३६ वर्षीय फागुलाल राजवंशीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेको साइकल र टिफर तत्काल घटनास्थलमै रहेका छन् भने क्षति पुगेको टिफरलाई सुरक्षित स्थानतर्फ लैजाने पहल भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै