मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापामा वनमा डढेलो विरुद्धको सप्ताह अभियान सुरु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

झापा वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित झापामा वन डढेलो विरुद्धको सप्ताह कार्यक्रम सचेतना अभियान बिहीबारबाट  सुरु भएको छ । 

डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय मेचीनगर-१३ संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । चारआली चोकमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोलाले रिवन काटेर अभियानको उद्घाटन गरेका थिए  ।

डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौंँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ, वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता `प्ले-कार्ड´सहित मेचीनगरस्थित प्रगति सामुदायिक वनबाट सुरु गरिएको सचेतना र्यालीले चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।

सभामा डिभजन वन कार्यालयका झापाका प्रमुख मेघराज राईले कार्यपत्र प्रस्तुत गर्दै हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाइने जानकारी दिए । उनले वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहसंगै सबैको भूमिका रहने  बताए । 

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बांस्तोला, डिभिजन कार्यालयका प्रमुख राई, हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देल, चारआली जेसीजका अध्यक्ष भोजराज पराजुली, लायन्स क्लब अफ चारआलीका अध्यक्ष जगनाथ भट्टराई लगायतले बोलेका थिए ।

डिभिजन वन कार्यालय झापाका वन अधिकृत देबेन्द्र उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन  डिभिजन वन कार्यालयका फोरेष्टर डिल्लीराम खरेलले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार