मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

सामूहिक बलात्कारको प्रयास गर्ने ३ जनाविरुद्ध जाहेरी दर्ता

देश प्रदेश डेस्क 5197+ समाचार ( )
साङ्केतिक तस्विर
३ भाद्र २०८१, सोमबार

                                                                                                                        साङ्केतिक तस्वीर

झापा एक महिलामाथि सामूहिक बलात्कारको प्रयास गरेकाे आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता  भएको छ । ललितपुरको सानेपामा भएकाे घटना ३१ असारको हो ।

रौतहट घर भएकी ती  महिला सानेपास्थित श्रीमानको डेरा कोठामा साँझ ७ बजेतिर आइपुगेकी थिइन् । पीडित महिलाका अनुसार त्यतिबेला उक्त कोठामा उनका देवर मात्रै थिए । श्रीमान् भने काममा थिए । त्यसपछि अर्का दुई व्यक्ति प्रवेश गरेर आफूमाथि बलात्कारको प्रयास भएको उनको दाबी छ । बलात्कार प्रयास गर्नेलाई आफ्ना देवरले समेत सहयोग गरेको उनको आरोप छ ।

पीडित महिलाका देवरका साथै रौतहटको विश्रामपुर घर भएका अन्दाजी ३२ वर्षीय सचिन यादव, रौतहटकै परोहा नगरपालिका–४ घर भएका अन्दाजी २२ वर्षका बिपुल यादव समेत तीन जना व्यक्तिले आफूमाथि बलात्कारको प्रयास गरेको पीडित महिलाको दाबी छ ।

बलात्कारको प्रयास भएका बेला प्रतिकार गर्दा शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको उनले बताएकी छिन् । घटना भएको एक महिना बितिसक्दा समेत प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको उनको गुनासो छ ।

तर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए । पीडितको मेडिकल समेत जाँच गरेर घटना अघि बढाइएको ।

६ साउनमै जबरजस्ती करणी उद्योगको कसुरमा जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए । आरोपितहरुको फरार भएकाले खोजीको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार