मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

घरधनीकै सक्रियतामा एसियन हाइवे क्षेत्रका घर आफै भत्काउन थाले

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

झापा / निर्माणाधीन एसियन हाइवेअन्तर्गत इटहरी सडक खण्डको ६ नम्बर वडामा घरधनीकै सक्रियतामा ४९ वटा घरहरू भत्काइएको छ । वडाध्यक्ष दिवस पोख्रेलको समन्वय र घरधनीहरूको सक्रियतामा घरहरू भत्काइएको हो ।

गत असार १२ गते जिल्ला प्रसाशन कार्यालय सुनसरीलाई इटहरी खण्डको सडककाे काम तत्काललाई रोक्न माग गर्दै स्वार्थ बोकेका सीमित व्यवसायीहरूले ध्यानाकर्षण–पत्र बुझाएका थिए । व्यवसायीहरूले चाडपर्व नजिकिँदै गएकाले संरचना भत्काउँदा व्यवसाय डुब्ने भन्दै काम रोक्न प्रशासनलाई गुहारेका थिए । तर घरधनीहरू आफैले सक्रिय भएर राजमार्ग क्षेत्रमा पर्ने घरहरू भत्काउन थालेपछि आयोजनाले कामलाई तीव्रता दिइरहेको सडक आयोजनाका इञ्जिनियर पल्लभ श्रेष्ठले जानकारी दिए ।

घर भत्काउने विषयमा सुरुमा विवाद देखिएपछि वडा कार्यालयमा भेला डाकेर विकासको काममा बाधा नपुर्याउन गरेको आग्रहलाई घरधनीहरूले स्वीकारेको वडाध्यक्ष पोख्रेलले जानकारी दिए । गत जेठ २२ गते प्रशासनले एसियन राजमार्गअन्तर्गत इटहरी क्षेत्रमा एक सय २४ वटा संरचना हटाउन घरधनीहरूको नामसहित ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ । सूचना जारी भएपश्चात् वडा कार्यालयले सम्बन्धित घरधनीहरूलाई भेला गरी सडक आयोजनाको काममा ढिलासुस्ती नगर्न समन्वय गरिएको वडाध्यक्ष पोख्रेलले बताए । “इटहरी–६ मा ७६ वटाभन्दा बढी संरचना भत्काउनुपर्ने देखिन्छ”–वडाध्यक्ष पोख्रेलले भने । राजमार्ग क्षेत्रमा पर्ने घरहरू आफ्नै पहलमा भत्काउन थालेको घरधनी आरसिटी मार्केटका सञ्चालक रोशन चौधरीले जानकारी दिए । 

सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउन थालिसकेको अर्का घरधनी दुर्गामाया लिम्बूले बताइन् । ती वडाका फूलमाया लिम्बू, दिलकुमारी कार्की, दीपमणि राई, कालीप्रसाद पोख्रेल, कृष्ण सिटौला, धरणीधर बराल, देवु निरौला, भोजराज सिग्देल, दधिराम चौहानलगायतले घर भत्काइरहेका हुन् । गोठगाउँदेखि इटहरीसम्मको सडक निर्माणको जिम्मा कोभेक–सिआइजिसी–तुन्दी जेभीले  पाएकाले सम्बन्धित ठेकेदार कम्पनीलाई काम अघि बढाउन पत्राचार गरिसकेको इञ्जिनियर श्रेष्ठले जानकारी दिए । 

राजमार्गका बिजुलीका पोलहरू सार्न प्राधिकरणलाई पत्राचार गरिसकेकाले पोल हट्ने बित्तिकै इटहरी खण्डको काम थालिने इञ्जिनियर श्रेष्ठले जानकारी दिए । काँकरभिट्टा–इटहरीसम्मको ९५ किलोमिटर सडक खण्डलाई पाँच भागमा विभाजन गरिएको छ । तीन खण्ड सडक र दुई खण्ड पुल निर्माणका लागि छुट्याइएको पूर्वतर्फको ४५ किलोमिटर खण्ड कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ भने पश्चिमतर्फको केर्खा–गोठगाउँ खण्ड सीआरएफजी–तुन्दी जेभीले गरिरहेको छ । कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँको यो आयोजना एसियाली विकास बैङ्कको ८४.१५ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५.८५ प्रतिशत हिस्सेदारीमा निर्माण भइरहेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार