मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

सलमान खानलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार अभिनेतालाई घरमै घुसेर मार्ने र कारलाई बमले उडाइदिने धम्की आएको थियो । धम्की वडोदरा नजिकैको एउटा गाउँबाट पठाइएको थियो ।

सन्देश पठाउने व्यक्ति २६ वर्षका भएको बताइएको छ । अप्रिल १४ मा उनले मुम्बईको वर्ली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक व्हाट्सएप नम्बरमा एउटा सन्देश पठाएका थिए, जसमा सलमान खानलाई उनको घर भित्रै घुसेर मारिने अनि कारलाई बमले उडाइनेछ भनेर लेखिएको थियो ।

एएनआईको हालैको रिपोर्ट अनुसार, खानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय युवकको रूपमा पहिचान गरिएको छ । 

सुरुमा प्रहरीले समन पठाएर २–३ दिन भित्र उपस्थित हुन आदेश दिएको थियो । तर, यस मामिलाको गम्भीरतालाई ध्यानमा राख्दै उनलाई सोमबार पक्राउ गरियो । तर पक्राउ पर्ने युवकको नाम भने खुलाइएको छैन ।

छोराको मानसिक सन्तुलन ठीक नभएको परिवारको दाबी 

रिपोर्टका अनुसार सन्देश पठाउने व्यक्तिको मानसिक अवस्था राम्रो नभएको अनुसन्धानबाट पत्ता लागेको छ । 

उनको उपचार भइरहेको दाबी संदिग्धको परिवारले गरेको छ । यो तथ्य पत्ता लगाउन प्रहरी अनुसन्धान गरिरहेको छ । 

पछिल्लो समय सलमानलाई ज्यान मार्ने धम्की निकै आइरहेको छ । गएकोको वर्षको अप्रिलमा अभिनेताको घरबाहिर गोलीबारी समेत भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार