मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापाकाे राइजिङ कृषि फर्ममा आगलागी हुदाँ अन्दाजी ४० लाखभन्दा बढीको क्षति

देश प्रदेश डेस्क 5475+ समाचार ( )
९ पौष २०८०, सोमबार

झापा झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गएराति आगलागी भएको छ । आगलागीमा परी जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । झापा-६  स्थित युवा टोलमा खेम राई, देउमान गुरुङ, गणेश भट्टराई, मनमाया राई, सपना राई र अनिता राईले संयुक्त लगानी सञ्चालित राइजिङ कृषि फर्ममा आइतबार मध्यराति १२ बजे लागेको आगो अढाई घण्टापछि नियन्त्रणमा आएको थियो ।

शिवसताक्षी र बिर्तामोड नगरपालिकाको दमकल, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको जनाइएको छ ।  सो कृषि फर्ममा कुखुरा पालन गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट सिमेन्टको पिलर, टिनको छानो, तारजाली तथा टिनको बेराले बनाइएको कुखुरा फर्म जलेर पूर्ण रुपमा नष्ट भएको छ । कृषि बिमा समेत नभएको कुखुरा फर्ममा आगलागी हुँदा किसानहरू पीडामा छन् ।

'मध्यरात हुँदा कुखुरा फर्ममा आगलागी भएको थाहा नै पाइन, कुखुराहरू कुराउन थालेपछि बाहिर निस्किएर हेर्दा फर्म जलिरहेको थियो, स्थानीय प्रकाश राईले भने । विद्युत् सर्ट भएर आगो नलागेको र यो घटना कसैले जानिबुझी गराएको हुन सक्ने फर्मका सञ्चालक खेम राईको दाबी छ । यद्यपि प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार