मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

एनएमसी चियालाई ५० हजार धरौटी

देश प्रदेश डेस्क 5364+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार
 झापा नेपाल बहुउद्धेश्यीय सहकारी संस्थालाइ कारबाही गरिएकाे छ । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको  सहकारीले विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि कारबाहीमा परेकाे हाे ।  

एनएमसीले कम गुणस्तरको चिया विक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले ५० हजार रुपैँया धरौटी तिराएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमुना परीक्षण गर्दा कम गुणस्तरको रिपोर्ट पठाएकाले कारबाही प्रक्रिया अगाडी बढाइएको सहायक प्रजिअ नेपालले बताए

यता एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बजार अनुगमनका क्रममा आफुहरुलाई जानकारी नगराई नमुना संकलन गरिएको बताए हठात आउनु भो आफ्नो हिसाबले लिएर जानु भा, उनले भने, त्यो सामग्री हामीलाई जानकारीपनि गराएर हाम्रो राहेबरमा लिएर गइन्छ, यद्यपी त्यसको हामीले जिम्मेवारी लिएका छौँ

एनएमसीले चिया नियमित भारत निर्यात गरिरहेको तर कुनैपनि चियामा समस्या नदेखिएको बताउँदै नेपालको परीक्षण मापदण्ड अलि बढी भएको हुनसक्ने उनले बताए

नमुना संकलन गरि कम गुणस्तरको रिपोर्ट आएको व्याचको चिया बजारबाट फिर्ता गरिएको अध्यक्ष शिवाकोटीले बताए पनि एनएमसी चिया विभाग प्रमुख रविन्द्र पाण्डेले भने चिया फिर्ता नभएको बताए एसपी१६/८०/८१ व्याचको चियामा गुणस्तर कम देखिएको उनले जानकरी दिए बजारबाट गत बर्ष पुसमा नमुना संकलन गरिएको रहेछ, हामीलाई साउनमा मात्र कम गुणस्तरको भएको जानकारी आयो, उनले भने, त्यो अवधिसम्ममा उक्त व्याचको चिया बजारबाट बिक्री भइसकेको पाइयो

सो सिटीसी चिया एनएमसीको उत्पादन नभएर बाहिरबाट खरिद गरी प्याकेजिङ गरेर बिक्री गरिएको पाण्डेले बताए

एनएमसीले व्यवसाय विस्तार गर्ने क्रममा २०८० जेठ २८ गते बिर्तामोडमा पत्रकार सम्मेलन गरी चिया विक्री वितरण शुरु गरेको जानकारी दिएको थियो तत्कालिन समयमा एनएमसीले इलामको साँघुबेसी, सिद्धपोखरी इलामेली चिया सहकारीसँग एकीकरण गरी वटा युनिटबाट चिया उत्पादन गरी बिक्री गर्ने गरेको भएपनि पछिल्लो बजारको अवस्थाका कारण इलामको माइजोगमाईबाट अर्थोडक्स झापाको मेचीनगर स्थित सुरेन्द्रनगरमा सिटीसी चिया उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएको पाण्डेले जानकारी दिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार