मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२८ माघ २०८१, सोमबार

 नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लुम्बिनी प्रदेशकी सांसद शर्मालाई मुद्दा नचलाउने निर्णय गरेको हो । 

माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्ताेषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका हुन्।  सोही आधारमा २० गते उच्च सरकारी वकिल कार्यालय पाटनलाई समेत पत्राचार गरेको थियो। उक्त विषयमा सूचना माग गर्ने क्रममा यस्तो जानकारी गराएको हो। 

अब यसको अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुने जानकारी समेत सरकारी वकिलको कार्यालयबाट गराइएको हो ।  उच्च सरकारी वकिलको कार्यालय पाटनले समेत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको मुद्दा नचल्ने निर्णयको सदर गर्दै महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको छ । उच्चले २२ गते निर्णय सदर गर्दै २३ गते महान्यायाधिवक्ताको कार्यालयमा पठाएको हो।

लुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएको पाइएको थियो । आफूलाई श्रम शोषण गरेको, कुटपिट गरेको भन्दै पीडित बालिकाले काठमाडौँ महानगरमा सम्पर्क गरेकी थिइन् । सोही आधारमा महानगरसहित सरोकारवालाको टोलीले बालिकाको बालुवाटारस्थित शर्माकै घरबाट उद्धार गरेको थियाे । 

परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरे पनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाको आरोप थियो । बालिकालाई सेफ हाउसमा राखेर सांसद शर्माविरूद्ध गत जेठ ३० गते बालिकामाथि श्रम शोषण तथा दुर्व्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो । 

प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै शर्मा पाटन उच्च अदालत पुगेकी थिइन्। उच्चले माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज गरेको थियो । भने प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको थियो  । तर, उनलाई अहिलेसम्म पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले सकेको थिएन। 

लामो समयदेखि प्रहरीले अनुसन्धान अगाडि नबढाएको, मुद्दा अगाडि नबढाउन एमाले नेताहरूबाट चर्को दबाब आएपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमार्फत नै चुनौती दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार