झापामा सशस्त्र प्रहरीद्धारा २ करोड भन्दामाथिकाे अवैध सामान बरामद

देश प्रदेश डेस्क 5096+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार
झापा भारतबाट अवैध रुपमा भन्सार छलेर  नेपाल भित्र्याउँदै गरेको अनुमानित ८ लाख रूपैयाँ मूल्य बराबरकाे कपडा सशस्त्र प्रहरीले बरामद गरेकाे छ ।
 सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको   प्रहरी निरीक्षक दिवस न्यौपानेको टोलीले झापाको  मेचीनगर नगरपालिका- ६ तुर्केनी सीमा इलाकाबाट गएराति ११ बजेको समयमा ८ लाख ४६ हजार ८ सय ५० बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए ।  भारतबाट अवैध रुपमा भन्सार छलेर कपडा नेपाल भित्र्याउँदै गरेको विशेष सूचनाको आधारमा सशस्त्रको टोलीले टिनले छाएको कच्ची गोदाममा लुकाइछिपाई राखेको अवस्थामा उक्त कपडा बरामद गरेको डिएसपी पाेखरेलले जनाए ।

बरामद गरिएको कपडालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको डीएसपी पोखरेलको भनाई छ ।

सशस्त्रले चालु आर्थिक वर्षको साउनदेखि भदौ २५ गते सम्ममा  झापाका विभन्न स्थानबाट २ करोड ४३ लाख ६६ हजार ४१ रुपैयाँ बराबरको अवैध समान बरामद गरिसकेको जनाएको  छ ।

 कार्यालयकाे तथ्याकं अनुसार साउनमा १ करोड २९ लाख २६ हजार ४३ रुपैयाँ र भदौ २५ गते सम्ममा १ करोड १४ लाख ३९ हजार ९ सय ९८ रुपैयाँ बराबरको सामान बरामद गरिएको उल्लेख छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार