मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

उपाधि जित्ने नेपालको सपना पूरा भएन

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

झापा । नेपाल वाफ वुमन्स च्याम्पियनसिप फुटबलको गएराति सम्पन्न फाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको हातबाट टाइब्रेकरमा ५–३ ले पराजित रह्यो । साउदी अरेबियाको जेद्दामा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा जोर्डनका लागि रोजबहानले निर्णायक गोल गरिन् ।

यससँगै जोर्डन कीर्तिमान छैटौंपल्ट उपाधि जित्न सफल रह्यो । टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरेका थिए । नेपालबाट भने अमृता जैसी गोल गर्न चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् । जोर्डनका लागि अयाह अल मजाली, मायसा जब्राह र नूर जोकासले गोल गरे । नेपालका तर्फबाट भने गीता राना, दीपा शाही र हीरा भुजेलले गोल गरेका थिए । जोर्डन फिफा वरीयतामा नेपालभन्दा माथिको टिम हो ।

जोर्डनको वरीयता ७४ रहेको छ भने नेपाल १०५ औं स्थानमा छ  ।

 नेपाल भने लगातार ११ औं अन्तर्राष्ट्रिय फाइनलमा चुकेको छ । नेपाली महिला राष्ट्रिय टिम अहिलेसम्म खेलेका सबै फाइनलमा पराजित रह्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार