मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

शैक्षिक संस्थामा चन्दा आतङ्क: ‘बम’ राख्दै चन्दा असुल्ने पक्राउ

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

झापा तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा रहेका शैक्षिक संस्थामा चन्दा आतङ्क सिर्जना गर्ने र नदिए विष्फोटक पदार्थ राखेर ध्वंसात्मक गतिविधि गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

भूमिगत सङ्गठनको नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए विष्फोटक पदार्थ राखेर आतङ्क सिर्जना गर्ने गिरोहका सदस्य सक्रिय रहेको पाइएको हो ।

मोरङ प्रहरीले  उक्त भूमिगत सङ्गठनको नाममा चन्दा असुल्ने गिरोहका सदस्यमध्ये दुई जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखी घर भई काठमाडौँस्थित भीमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङ्वरक गाउँपालिका–१ का ३० वर्षीय विपिन अधिकारी रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेकाको साथबाट शैक्षिक संस्थामा चन्दा माग्न लेखिएको पत्र, नगदी रसिद र लेटरप्याड पनि बरामद भएको एसपी पोखरेलले बताए । मोरङ प्रहरीले उनीहरूलाई मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मङ्गलबार बिहान विराटनगर–३ मा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । डिस्पोज गरिएको शङ्कास्पद वस्तु कुकर बम भएको पुष्टि भएको छ ।  सो घटनामा पनि उनीहरूको संलग्नता रहेको एसपी पोखरेलले बताए । प्रहरीले उनीहरूको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री सातवटा डेटोनेटर, १८ फिट तीन इन्च लम्बाइको तार, एक केजी सोडा पनि बरामद गरेको छ । चन्दा नदिए ध्वंसात्मक कार्यसमेत गरिने भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी पोखरेलले बताए ।

‘सुनसरी र झापाका शैक्षिक सङ्घ–संस्थाहरूमा चन्दा असुली गरेको सूचना थियो । उक्त समूह झापापछि मोरङ आएको हामीले सूचना पाएका थियौँ । चन्दा असुलीको पत्र पठाएको जानकारी पायौँ र त्यसपछि पक्राउ गर्न विशेष प्रहरी परिचालन गरियो’ एसपी पोखरेलले भने, ‘चन्दा नदिने शैक्षिक संस्थाअगाडि पनि विष्फोट गराउने उनीहरूको उद्देश्य थियो । त्यो हामीले पूरा हुन दिएनौँ । बेलैमा सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिन सफल भएका छौँ ।’ उनीहरूले विराटनगरका शैक्षिक संस्थालाई त्रसित बनाउन प्रेसर कुकर बम खाली चौरमा लुकाएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका
दुवै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मङ्गलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । एसपी पोखरेलका अनुसार मिश्रविरुद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थसम्बन्धी ४ वटा मुद्दा चलेको पाइएको छ । अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको उनले बताए । ‘दुवै जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्’ उनले भने, ‘पछिल्लो समय नयाँ भूमिगत सङ्गठनमा आबद्ध भएर चन्दा आतङ्क मच्चाइरहेको पाइएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार