मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

मुस्ताङमा विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

झापा ।  मुस्ताङकाे कागवेनी मुक्तिनाथ सडक खण्डमा मंगलबार बिहान विद्यार्थी सवार बस दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।

काठमाडौंको अनामनगरमा रहेको लिवर्टी कलेजबाट मुस्ताङ गएको प्रदेश नम्बर ३- ०१००६ ख ६२२ नम्बरको बस दुर्घटनामा परेको हाे।

मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गर्दा बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए।

'मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा बस दुर्घटनामा परेको हो,' उनले भने। बसमा लिवर्टी कलेजका ३३ जना सवार थिए। तीमध्ये २१ जना घाइते भएका छन्।

घाइते हुनेमा सिराहा लहान नगरपालिका-१२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर  मध्यपुर थिमि नगरपालिका- ३ का २० वर्षीय अनुज न्यौपाने, सिराहा गोलबजार नगरपालिका-६ का २१ वर्षीया ज्योतिकुमारी साह, गुल्मी रूरू गाउँपालिका-५ की २१ वर्षीया समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुर नगरपालिका-८ की प्रतिक्षा खड्का, ‍ओखलढुंगा घर भई भक्तपुर चागुनारायण बस्ने २० वर्षीय बिन्दा दाहाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै काठमाडौं महानगरपालिका-९ को १९ वर्षकी अनामिका थापा, कैलाली गोदावरी नगरपालिका-१० को २१ वर्षीय ध्रुवराज जोशी, भोजपुर नगरपालिका-९ का २० वर्षीय पेसल बस्नेत, महोत्तरी जलेश्वर नगरपालिका-१ का २२ वर्षीया  रम्मा कुमारी, पाँचथर कम्भायोग गाउँपालिका-१ को २३ वर्षीय आदेश लावति, सुनसरीका निशान रसाइली, धनुषा जनकपुर बाटेश्वर नगरपालिका-२ का २४ वर्षीय सुरजकुमार परियार, बर्दिया मधुवन नगरपालिका-६ का २० वर्षीय सुवास नेपाल सामान्य घाइते भएको उनले बताए।

काभ्रे तिमाल गाउँपालिका-६ का २१  वर्षीय सौगात त्रिपाठी, सर्लाही कौदेना गाउँपालिका-१ का २० वर्गीय राहुल साह, काठमाडौं महानगरपालिका-३५  साइरस तामाङ, भक्तपुर सुर्यविनायक नगरपालिकाकी २१ वर्षीया अनामिका  सुवार, धनुषा जनकपुर नगरपालिका-११ को २२ वर्षीय निरञ्जन साह, डोटी शिखर नगरपालिका-८ का २१ वर्षीय रोहित बलायर घाइते भएका थिए।

उनीहरूको जिल्ला अस्पताल जोमसोममा उपचार गरिएको छ। १८ जना डिचार्ज भइसकेका छन्। ३ जनाको रिपोर्ट आउन बाँकी रहेको डिएसपी पाण्डेले बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार