मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

पार्किङको शुल्कको विरोधमा हस्ताक्षर अभियान

देश प्रदेश डेस्क 5339+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

झापा धरान उपमहानगरपालिका क्षेत्रका सडकमा लगाइएको पार्किङ शुल्क कानून विपरित रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले हस्ताक्षर अभियान सुरु गरेको छ ।

रास्वपाले बुधबार धरानको भानुचोक स्थित घन्टाघर अगाडि हस्ताक्षर अभियान सुरु गरेको हो । अभियानमा सहमती जनाउँदै बुधबार मात्र पाँच सय भन्दा बढिले हस्ताक्षर गरेको पार्टीका नगर समिति सचिव सुमन श्रेष्ठले बताए ।

सचिव श्रेष्ठका अनुसार तीन दिनसम्म हस्ताक्षर अभियान सञ्चालन गरेर, जनभावना बुझि ज्ञापनपत्र सहित धरान उपमहानगरपालिकामा बुझाउने कार्यक्रम रहेको छ । 

उपमहानगरपालिकाले पार्किङ शुल्क उठाउन ठेक्का लगाएपछि ठेकेदारका कर्मचारीले राजमार्ग र सहायक राजमार्गमा रोकिएका मोटरसाईकल, स्कुटर र अन्य सवारी साधन चालकसँग शुल्क उठाउँदै आएका छन् । 

नगर आफैंले निर्माण गरेको पार्किङ स्थलको मात्र शुल्क उठाउन पाउने कानूनी व्यवस्था रहेको छ । तर, धरान उपमहानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने कोशी राजमार्ग र सहायक राजमार्गमा कानुन विपरित शूल्क उठाएको रास्वपाको धारणा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार