मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

भद्रपुरको मेची पुलमा ब्राउन सुगरसहित चार युवक पक्राउ

देश प्रदेश डेस्क 5364+ समाचार ( )
३० कार्तिक २०८२, शनिबार

भद्रपुरको मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् । आज दिउँसो ४:४० बजेको समयमा भद्रपुर नगरपालिका-५ मेची पुल बिटमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री हल्दिबारी गाउँपालिका-३  का ३१ वर्षीय अनुप महतोलाई शङ्का लागि चेकजाँच गर्दा प्लास्टिक सहित १० ग्राम १८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनले मलद्वार भित्र प्लास्टिकको पोका पारी लुकाइछिपाई ब्राउन सुगर भित्राउन खोजेका थिए । त्यस्तै आजै साँझ ७ बजेको समयमा मेची पुलबाटै बिर्तामोड-३ कंचनजङगा का ३० वर्षीय देवराज श्रेष्ठको गोजीबाट प्लास्टिकसहित-२ ग्राम ४२० मिलिग्राम,  बिर्तामोड-५ शान्ति टोलका ४० वर्षीय रामकुमार मौलीलाई प्लास्टिकसहित ३ ग्राम २५० मिलिग्राम र हल्दिबारी-३ जलथलका २० वर्षीय सुफर मडीलाई प्लास्टिकसहित ७७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै