मुख्य समाचार
झापामा प्रहरीको विशेष अपरेसन : कागजातविहीन १६८ अटो र सिटी सफारी कारबाहीमा, २ लाखभन्दा बढी राजस्व सङ्कल | दुर्गा प्रसाईँको चेतावनी : संविधान संशोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने घोषणा | झापामा एलपी ग्यासको अभाव, सर्वसाधारणको जनजीवन कष्टकर बन्दै | अनशनको चौथो दिन : नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै, माग सम्बोधनमा सरकार मौन | भद्रपुरमा भगवान् श्रीकृष्ण रथयात्रा उत्सवमा ५ लाख ४६ हजार खर्च | कन्काईबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ | पाकिस्तानमा हिमपहिरोमा बेपत्ता नेपालीसहित चारजनाको शव फेला | बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति |
मुख्य समाचार
झापामा प्रहरीको विशेष अपरेसन : कागजातविहीन १६८ अटो र सिटी सफारी कारबाहीमा, २ लाखभन्दा बढी राजस्व सङ्कल | दुर्गा प्रसाईँको चेतावनी : संविधान संशोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने घोषणा | झापामा एलपी ग्यासको अभाव, सर्वसाधारणको जनजीवन कष्टकर बन्दै | अनशनको चौथो दिन : नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै, माग सम्बोधनमा सरकार मौन | भद्रपुरमा भगवान् श्रीकृष्ण रथयात्रा उत्सवमा ५ लाख ४६ हजार खर्च | कन्काईबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ | पाकिस्तानमा हिमपहिरोमा बेपत्ता नेपालीसहित चारजनाको शव फेला | बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति |

लम्पी स्किन रोग विशेषगरी गाईहरूमा र कहिलेकाहीं भैंसीरूमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो।
लम्पी स्किन राेग के हाे ? याे राेग लागेमा आफ्ना पशुहरुलाई कसरी उपचार गर्ने

देश प्रदेश डेस्क 5342+ समाचार ( )
८ आषाढ २०८२, आइतबार

झापा / लम्पी स्किन रोग विशेषगरी गाईहरूमा र कहिलेकाहीं भैंसीरूमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो।

विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ पश्चात् मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिक काजकिस्तान लगायत बालकन्स कोष हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेकाे थियाे। नेपालमा वि.सं. २०७७ साल असार महिनाको अन्तिम सातातिर मोरङ जिल्लामा केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षणहर देखा परेको सूचना प्राप्त भएको थियो। यो सूचना प्राप्त भए लगत्तै पशु सेवा विभागबाट आवश्यक नमूना संकलन तथा रोग अन्वेषणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरलाई निर्देशन गरिए‌को थियो। प्रयोगशालाबाट खटिए‌को प्राविधिक टोलीले रोगको प्रकोपको अन्वेषण गर्नुका साथै नमूना संकलन गरि परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा प्रेषण गरेकोमा. वि.सं. २०७७ साल श्रावण नहिनाको ११ गते उक्त प्रयोगशालाले रियल टाइम पि.सि.आर विधिबाट परीक्षण गर्दा लम्पी स्किन रोग नेपालमा पहिलो पटक पुष्टि भएको थियाे। विश्व पशु स्वास्थ्य संगठन (OIE) को सूचीकृत रोग भएको हुँदा पुष्टि भए लगत्तै नेपालले विश्व पशु-स्वास्थ्य संगठनलाई यो रोग देखा परेको सूचना दिए अनुसार विश्व पशु स्वास्थ्य संगठनले नेपालमा लम्पी स्किन रोग देखा परेको प्रमाणित भए‌को सूचना समेत प्रकाशित गरिसकेको छ।

यस रोगका मुख्य लक्षणहरूमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरूमा साना ठूला गिर्खाहरु देखिने, उच्च ज्वरो (१०५°F वा माथि) आउने; कचेरा र सिंगान बग्ने तथा मुखबाट फिज धेरै निकाल्ने, ८०% सम्म दूध उत्पादन घट्ने, ४५% सम्म गाईभैंसीहरू विरामी पर्ने र १०% सम्म मृत्युदर हुने हुन्छ। यसरी दूध उत्पादनमा निकै नै नकारात्मक असर पार्न सक्ने यो रोग फैलिदै जाँदा दूधमा आत्मनिर्भर हुने लक्ष्यमा ठेस पुग्ने मात्र नभई मुख्यतया साना किसानको जीविकोपार्जन, दुग्ध क्षेत्रबाट प्राप्त राेजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ। यसका साथै रोग लागेर निको भएका पशुको छालामा हुने परिवर्तनका कारण नेपालबाट हुने गरेको छाला निकासीमा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ ।

यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाइबाट सर्ने गर्दछ। यस बाहेक संक्रमित गाइभैंसीको लसपस र ओसार-पसार, संक्रमित र स्वास्थ्य गाइभैंसीलाई उपचारको क्रममा एउटै सुइको प्रयोग, र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेकाे विर्यकाे  माध्यमबाट पनि रोग सर्ने गर्दछ। यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी/ पाडापाडीमा समेत सर्ने गर्दछ। यो रोगकाे ठाेस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्छ। यस रोगविरुद्धको खोप हाल नेपालमा उपलब्ध नभएकाे हुँदा रोग देखिए‌को क्षेत्रबाट गाइभैंसीको ओसार-पसार नियन्त्रण गर्नु र गोठ वरिपरिको बातावरण सफा राख्नु नै हाललाई यो रोग विरुद्ध लडाइँको मुख्य हतियार हो। यस रोगको नियन्त्रण तथा रोकथामका लागि पशु सेवा विभागले सातवटै प्रदेशका पशु सेवा सम्बन्धित निकाय स्थानीय तहका पशु सेवा सम्बन्धी शाखा, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पशु क्वारेन्टाइन कार्यालयहरुसँग समन्वय र सहकार्य गरिरहेको छ। पशुसेवा विभागले वैकल्पिक विधिहरुको प्रयोग गरी कृषक, सहकारी, प्राविधिक र सरोकारवालाहरु बिच जनचेतना अभिवृद्धिका लागि अभिमुखीकरणका कार्यक्रम तथा सूचना सामग्री तयार गरि प्रकाशन तथा प्रसारण लगायत कार्य गरिरहेको छ। त्यसैगरि पशु सेवा विभागले यो रोग विरुद्धको खोपको व्यवसायिक उत्पादन तथा उपलब्धताबारे आवश्यक अध्ययन गरिहेको छ ।
समचार स्राेत पशुसेवा विभाग

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार