मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

नेपालमा विपदका कारण ४६४ जनाकाे ज्यान गयाे, हजाराैं घर विहिन

Desh Pradesh News 1+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

झापा / नेपालमा याे वर्षकाे एघार महिनासम्ममा देशभर भएका विपदका घटनाबाट ४६४ जनाकाे ज्यान गएकाे छ भने हजाराैं घर विहिन भएका छन् ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार  गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल ६ हजार ७९९ वटा विपद्का घटना भएका छन्। 

विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन्।

विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ। प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ।

सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन्। त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भएकाे उल्लेख गरिएकाे छ। हिमपहिरोका पाँच, भूकम्प सात, डुंगा पल्टेर दुईवटा घटना घटेका छन्। त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म हावहुरीका कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार