मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

आजदेखि बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइँदै

देश प्रदेश डेस्क 5469+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

झापा सरकारले आजदेखि बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गर्दैछ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो।

 ति जिल्लाका ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा –रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको खोप शाखाले जनाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला ललितपुर,भक्तपुर र काठमाडौंसहित तराईका भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुबेलाको खोप लगाइने र बाँकी जिल्लामा ८ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ। पछिल्लो वर्ष दादुराको महामारी विभिन्न जिल्लाहरूमा फैलिएको हुँदा खोप अभियान सन्चालन गर्न लागेको महाशाखाले जनाएको छ। 

सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो। गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए।खोप अभियान आजदेखि शुरु भइ७ चैतसम्म सञ्चालन हुनेछ। 

गाउँ–टोलअनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुने पनि महाशाखाले जनाएको छ। अभियानमा यो खोप नियमित खोप केन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।

तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने १५ वर्ष सम्मका बालबालिकालाई पनि लक्षित गरि खोप दिइने भएकोले विद्यालयहरुमा पनि खोप केन्द्र सञ्चालन गरिनेछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै